बासको हिरमिनिया ईकाई पुर्नगठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन २० गते ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जको हिरमिनिया ईकाई फाल्गुन २० गते पुर्नगठन भएको छ । पूर्नगठित ईकाईको अध्यक्षमा मोतिसरा थापा सर्वसम्मत चयन भएका छन् । यसैगरी ईकाईको उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमशः कबिता बर्मा, आराधना राना, समिता डांगी र अस्मिता अधिकारी चयन भएका छन् । यसैगरी ईकाईको सदस्यहरुमा क्रमशः कैलास कुम्हार, अनुपम मौर्य, उर्मिला भण्डारी र शालु मौर्य लाई चयन गरेको छ ।
बास बाँके शाखा अध्यक्ष शम्भु शाही र स्वयम् सेवक भगवती केसीको उपस्थितीमा सो ईकाई पूर्नगठन भएको हो ।

  • २० फाल्गुन २०७५, सोमबार प्रकाशित

  • Nabintech