बैदेशिक रोजगारबाट फर्केका स्थानीय र जनप्रनिधिहरु बिच छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बैदेशिक रोजगारबाट फर्केका स्थानीय युवा र जनप्रनिधिहरु बिच फाल्गुण २१ गते नेपालगञ्जको उदयपुरमा छलफल गरिएकोछ ।

अकाउण्टबिलिटि ल्याव र बास नेपालगञ्जको संयुक्त आयोजनामा स्थानीय तहको नीति निर्माणमा बैदेशिक रोजगार बिषयक जनप्रतिनिधि र स्थानीय सरोकारवाला बिचको छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बैदेशिक रोजगारबाट फर्केका १५० बढिको सँख्यामा युवाहरु रहेको उदयपुरमा सम्पन्न छलफलमा ४० बढि युवाहरु सहभागि भएका थिए ।
सहभागि युवाहरुले बैदेशिक रोजगारमा जाँदा बिभिन्न निकायहरुबाट धोका पाउने गरेको गुनासो गरे । स्थानीय रामसागर लोनियाले ४ बर्ष अघि मलेसिया गएको उल्लेख गर्दै भने बमोजिमको काम नपाउँदा ६ महिना बसेर फर्केको बताए । अर्का सहभागि धर्मेन्द्र चौहानले बैदेशिक रोजगारीमा पठाउने कम्पनीले एउटा काममा भनेर लगि अर्कै काममा लगाएको दुःखेसो पोखे ।

कार्यक्रमका अधिकाँश सहभागिहरुले बैदेशिक रोजगारमा जाँदा दुःख पाएको उल्लेख गर्दै स्वदेशमैं केही काम पाए बैदेशिक रोजगारीमा नजाने बताए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा समुदाय अगुवाई समन्वयकर्ता सिन्धु धर्कत्वाले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् ।

कार्यक्रमको अन्तमा वडाध्यक्ष बिरेन्द्र शाहले सहभागिहरुको अपेक्षालाई सम्बोधन गर्दै बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सिपयुक्त बनाउन वडाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी बर्षमा बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि कार्यक्रम तय गरि लागु गर्ने बताए ।

कार्यक्रममा वडा सचिव राम कुमार पौडेल, वडा सदस्यहरु ओम प्रकाश चौहान, पुष्पा भट्राई, निर्मला कुमारी धोबि लगाएतले बोलेका थिए ।

  • २१ फाल्गुन २०७५, मंगलवार प्रकाशित

  • Nabintech