धमाधम ईकाईहरु पुर्नगठन

असल शासन प्रतिनिधि

बाँके/बासले बाँके जिल्लामा रहेका विभिन्न ईकाईहरु पूर्नगठन गरेको छ ।

बास बाँके शाखाले फाल्गुण २१ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनी, खजुरा गाँउपालिका वडा नम्बर ४ मा ईकाई पूर्नगठन गरेको हो ।

बासका केन्द्रीय सदस्य शिव कुमार बर्माको उपस्थितीमा पुरैनीमा भएको भेलाले अम्बिका गुरुङ्गको अधयक्षतामा सर्बसम्मत ईकाई चयन गरेको छ । ईकाईको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः रज्जब हलवाई, ममता भण्डारी केसी र सुस्मृता गुरुङ्ग चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः लक्षीराम कादु, राधेश्याम राढ, बिजय रावत, बर्षा रावत, सिता आले, रबिस बर्मा र सुरज पासी चयन भएका छन् ।

यसैगरी बासका स्वयंसेवक संयोजक रबिन्द्र बोहराको उपस्थितीमा खजुरा ४ मा भएको भेलाले अध्यक्षमा रविना खडकालाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा सुनिता सुनार, सचिवमा कोपिला कंडेल, सहसचिबमा जगमाया थापा र कोषाध्यक्षमा चन्दना खत्रिलाई चयन गरेको छ । यसैगरी ईकाईको सदस्यहरुमा क्रमशः बिर्सना सापकोटा, तारा सुनार, दिपा थापा, करिस्मा सुनार र दिक्षा न्यौपानेलाई चयन गरेको छ ।

यसैगरी खजुरा गाउँपालिका ५ मा भएको भेलाले सियाराम पथिकको अध्यक्षतामा उढरापुर ईकाई पुर्नगठन गरेको छ । समितिको उपाध्यक्षमा लल्लन यादब, सचिबमा जियाउलहक खाँ, सह सचिबमा जेनीशह सुनार र कोषाध्यक्षमा सरस्वती पासी चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः ईर्साद अली दर्जी, अनवर अलि नछाप, सुब्बा पासी, तोताराम हरिजन, प्रभुराम पासी र बिनय यादब चयन भएका छन् । ईकाइ बास बाँके शाखा अध्यक्ष शम्भु शाहीको उपस्थितीमा गठन भएको हो ।

यसैगरी बैजनाथ गाँउपालिका वडा नम्बर ८ टिटिहिरियामा भएको युवाहरुको भेलाले सोनु सिंह बि.क.को अध्यक्षतामा १३ सदस्सीय ईकाई समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः झरना बिक, झलकजङ्ग शाह र बाल कुमारी थारुलाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरुमा क्रमशः बिनिता कुमारी थारु, दुर्गा बुढाक्षेत्री, सिर्जना घर्ती, बिजय सिंह थारु, कमला थारु, ज्ञान कुमार थारु, आरती थारु, रुप सिंह थारु र कबिता बिक रहेका छन् । बासका केन्द्रीय सदस्य धु्रबजङ्ग शाह, पूर्ब उपाध्यक्ष भुपेन्द्र बस्नेत र बास टिटिहिरियाका सदस्य सुदिप सेडाईको उपस्थितीमा सो ईकाई पूर्नगठन गरिएको हो ।

यसैगरी राप्तीसोनारी गाँउपालिका वडा नम्बर ४ बैजापुरमा भएको भेलाले रेनुका लामिछानेको अध्यक्षतामा ९ सदस्सीय ईकाई समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः लक्ष्मी चौधरी, भावना भण्डारी र रेश्मा चौधरी चयन भएका छन् । समितिको सदस्यमा क्रमशः बजारु थारु, तिला केसी, दिपा केसी, जित बहादुर थारु र चित्र बहादुर भण्डारीलाई चयन गरेको छ ।

यसैगरी जानकि गाउँपालिका वडानम्बर १ साईगाउँमा ईकाई पुर्नगठन भएको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितीमा भएको पुर्नगठित ईकाई अध्यक्षमा सुनिता आलेलाई चयन गरेको छ । उपाध्यक्ष,सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः पूर्णा थापा, टंक कुमारी थापा, हेमा मगर, कमल आले चयन भएकाछन् । यसैगरी सदस्यहरुमा पूर्णिमा थापा, पूजा थापा, भिम देबि थापा, काजल बि.क., मधु सुनार र अञ्जु थापा रहेका छन् ।

  • २१ फाल्गुन २०७५, मंगलवार प्रकाशित

  • Nabintech