३ कार्यालयमा अख्तियारको छापा, २ कर्मचारी रंगेहात पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल सम्पर्क कार्यालय नेपालगन्जले फाल्गुन २१ गते नेपालगन्जका तिन सरकारी कार्यालयमा छापा मारेको छ ।
बढी जनसरोकार राख्ने नेपालगन्ज भन्सार कार्यालय, खाद्य आयात, निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय र यातायात कार्यालयमा छापा मारेको हो । छापा मार्ने क्रममा अख्तियारको टोलीले दुई जना सरकारी कर्मचारीहरुलाई घुस सहित रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जका प्रमुुख गणेश गैरले दिएको जानकारी अनुसार ५२ हजार घुस रकम सहित नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्द र ३५ हजार घुस रकम सहित खाद्य आयात, निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख बिनोद कुमार श्रीबास्तब रंगेहात पक्राउ गरेको छ। सो क्रममा यातायात व्यवस्था कार्यालयका कागजातहरु पनि नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान शुरु गरेको जनाएको छ । रंगेहात पक्राउ परेका दुबैजना कर्मचारी अख्तियारको नियन्त्रणमा रहेको
बताईएको छ ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल सम्पर्क कार्यालय नेपालगन्जले आफ्नो सक्रियता बढाउदै गएको छ ।

  • २२ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech