१ रुपैया घुस मागेमा तत्काल गुनासो गर्न नगर प्रमुखको अनुरोध

असल शासन प्रतिनिधि

असल शासन डट कम । नेपालगन्ज । फाल्गुन २२ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा काम गर्दा कसैले एक रुपैया घुस मागेमा तत्काल गुनासो गर्न नगर प्रमुख डा. धवल शम्सेर राणाले अनुरोध गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा फाल्गुन २२ गते सम्पन्न सार्वजनिक सुनुवाईमा प्रमुख राणाले यस्तो अनुरोध गरेका हुन् । नगरपालिकाले प्रवाह गर्ने हरेक कामलाई पारदर्शि बनाउने जिम्मेवारी नगरपालिका सँगै नगरबासिहरुको समेत भएकाले काम छिटो गर्ने नाममा कसैले पनि घुस नदिन उनको नगरबासिलाई अनुरोध थियो ।
चालु आर्थिक बर्ष २०७५÷०७६ अन्तरगत उपमहानगरपालिकाले गरेको दोश्रो सार्वजनिक सुनुवाई को अन्त्यमा ७ बुदें प्रतिबद्धता घोषणा गरिएको छ । सरोकारवालाको रुपमा आसिन नगर ब्यक्तिहरु तथा नगरबासिहरुबिच भएको दोहोरो सम्बाद पश्चात गरिएका साझाँ सार्वजनिक प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय भित्र बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको समसान घाटमा बिद्युतीय शब दह निर्माण गर्ने अवधारणा अघि बढाउने, वडा नम्बर १४ उदयपूर्वा देखि पर्सनपूर्वा सम्म जाने सडक चालु आर्थिक बर्षमानै ग्रेविल गर्ने, नगर भित्र पैदल यात्रीलाई हिडडुल गर्ने बाटोको अतिक्रमण हटाउने प्रण गर्दै सडक अतिक्रमण तत्काल हटाउने, शहरका भित्र भित्र गल्लीहरुमा सडक बत्ति जडान गर्ने, नेपालगन्जलाई प्लाष्टीक मुक्त शहर बनाउने अवधारणा अघि सार्ने र निकट भविष्यमा उपमहानगरपालिका भित्र मर्मत शाखा स्थापना गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईमा नेपालगन्ज उपमहानगरपालिकाका प्रुमुख डा. धवल शम्सेर राणा, उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा बिषयगत शाखाका प्रमुखहरु र सुनुवाईमा सहभागिहरुका बिचमा नगरका विभिन्न बिषयमा दोहोरो सम्बाद भएको थियो ।
बासका कार्यकारी निर्देशक निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा नगरपालिकाले प्रवाह गरेका कार्यक्रमहरु तथा अघिल्ला सार्वजनिक सुनुवाईमा गरिएको प्रतिबद्धताहरुको बारेमा सुनुवाईमा आसिन प्रमुख जवाफदेहि बक्ता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले जानकारी गराएका थिए । सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको बारेमा गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजाको बारेमा जानकारी बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गराएका थिए । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सुनुवाईमा २८० बढीको सहभागिता रहेको थियो । 

  • २२ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech