बाल विकासका लागि शिक्षा आवश्यक रहेको मिश्राको भनाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन २३ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमकार नाथ मिश्राले बालबालिकाहरुलाई उचित शिक्षा दिन सकेमा उनीहरु सक्षम हुने बताएका छन् ।
युनिसेफ नेपालको सहयोग नेपालगन्ज उपमहानगरपालिका र सिविस काठमाण्डौको सहकार्य तथा बास नेपालगन्जको आयोजनामा फाल्गुन २३ गते वडामा सम्पन्न बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष मिश्राले यस्तो बताएका हुन् । अहिले बालबालिकामा लगानी गरेमा भोलीको सम्बृद्ध समाज बन्ने भन्दै आफ्नो हक र अधिकारका लागि बोल्न बालबालिकाहरुलाई अनुरोध गरे । बाल अधिकार संरक्षण वडाको प्राथमिकिकरणमा रहेको उनको भनाई रहेको थियो ।
बालबालिकाहरुलाई बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखिकरण गर्ने तथा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजित अभिमुखिकरणमा बाल अधिकारका विभिन्न बिषयमा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम र कार्यक्रम अन्तरगत गर्ने क्रियाकलापहरुका बारेमा सामाजिक परिचालक रुपा चौधरीले जानकारी गराएकी थिईन् । बाल अधिकार तथा बाल अधिकार सम्बन्धी नयाँ नितिहरुको बारेमा अभिमुखिकरण मार्फत जानकारी पाएको सहभागिहरुले बताए ।
अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष ओमकारनाथ मिश्र, नेपाल रेडक्रस सोसायटी शाखा भवनीयापुरका रामचन्द्र कलवार, वडा कार्यालयकी सामाजिक परिचालक नितु क्षेत्री, नगर स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अंकित मिश्र लगायत वडा स्तरीय बाल क्लब सञ्जालका पदाधिकारी र बालबालिकाहरुको सहभागिता रहेको थियो । 

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित

  • Nabintech