बासका ३ ईकाई पूर्नगठन

असल शासन प्रतिनिधि

बासका ३ ईकाई पूर्नगठन

नेपालगन्ज । फाल्गुन २३ ।
बास नेपालगन्जले आज विभिन्न ३ वटा ईकाई आज पूर्नगठन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा भएको युवाहरुको भेलाले दशरथ प्रसाद कोरीको अध्यक्षतामा ७ सदस्सीय ईकाई कमीटि गठन गरेको छ । समितिको उपाध्यक्षमा रश्मी शाह, सचिबमा रिना शर्मा, सहसचिबमा चन्द्रबिर गिरी र कोषाध्यक्षमा धनिराम हरिजन चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः धिरेन्द्र मिश्र र अंकित मिश्रलाई चयन गरेको छ । ईकाई बासका उपनिर्देशक हेमराज भट्ट र बाँके शाखा सदस्य रुपा चौधरीको उपस्थितीमा भएको हो ।
यसैगरी आज नै खजुरा गाँउपालिकाको सोनपुर ईकाई पूर्नगठन भएको छ । असलम भाटको अध्यक्षतामा गठन भएको ईकाईको उपाध्यक्षमा भावना श्रेष्ठ, सचिबमा लक्ष्मण पथिक, सह सचिबमा प्रतिभा पौडेल र कोषाध्यक्षमा रितु गिरी चयन भएका छन् यसैगरी ईकाईको सदस्यहरुमा क्रमशः अब्दुल कलाम भाट, मुस्ताक भाट, ईद्रिस साई र अशोक बर्मालाई चयन गरेको छ । ईकाई बास बाँके शाखा अध्यक्ष शम्भु शाहीको उपस्थितीमा पूर्नगठन भएको हो ।
उता बैजनाथ गाँउपालिकाको नौबस्तामा भएको भेलाले १३ सदस्य ईकाइ गठन गरेको छ । बासका महासचिब छबीलाल सुनार र बास बाँके शाखाका पूर्ब कोषाध्यक्ष जगत बिसीको उपस्थितीमा भएको भेलाले अनिता परियारको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रमा वि.क, सचिवमा सुरेन्द्र परियार,सह सचिवमा खगिसरा वि.क र कोषाध्यक्षमा अस्मीता वि.क चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः महेन्द्र वि.क, नविन परियार, टिका परियार, महेन्द्र मान्त, निर्मला वि.क, नरेन्द्र परियार, कृष्ण वि.क र देवीसरा वि.क रहेका छन् ।

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित

  • Nabintech