विभिन्न पालिकामा बासका नयाँ समिति

असल शासन प्रतिनिधि

विभिन्न पालिकामा बासका नयाँ समिति

नेपालगन्ज । फाल्गुन २४ ।
बासको नेपालगन्ज उपशाखा आज पूर्नगठन भएको छ । नेपालगन्जमा भएको पूर्नगठन कार्यक्रमले शोभा थापा मगरको अध्यक्षतामा ११ सदस्सीय उपशाखा गठन गरेको छ । यसरी गठित उपशाखाको उपाध्यक्षमा शर्मिला थापा, सचिबमा रुपा चौधरी, सह सचिबमा गणेश पोण्डे र कोषाध्यक्षमा शुद्ध प्रसाद चौधरीलाई चयन गरेको छ । यसैगरी उपशाखाको सदस्यहरुमा क्रमशः खेम बिष्ट, रबिन्द्र बोहरा, सामना कडेंल, गिता खड्का, बब्लु शेख र सिन्धु धर्कत्वा रहेका छन् । उपशाखा बास केन्द्रीय अध्यक्ष मन भण्डारी, महासचिब छबीलाल सुनार, कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट लगायतको उपस्थितीमा भएको हो ।
यसैगरी आज नै नरैनापुर गाँउपालिकाका ६ वटै वडामा बासको इकाई समिति पूर्नगठन भएका छन् । नरैनापुर गाँउपालिका वडा नम्बर १ मा अयास शाईको अध्यक्षतामा ९ सदस्सीय समिति गठन भएको छ । यसैगरी वडा नम्बर २ मा फिराज शेखको अध्यक्षतामा ७ सदस्सीय, वडा नम्बर ३ मा अजय कुमार मिश्राको अध्यक्षतामा ७ सदस्सीय, वडा नम्बर ४ मा अम्मरलाल यादबको अध्यक्षतामा ७ सदस्सीय, वडा नम्बर ५ मा लक्ष्मी चौधरीको अध्यक्षतामा ११ सदस्सीय र वडा नम्बर ६ मा आरिफ अलि नाउको अध्यक्षतामा ७ सदस्सीय समिति गठन भएको छ । ईकाइ समिति गठन बासका केन्द्रीय सदस्य अर्जुन प्रसाद जैसी, बास बाँके शाखा अध्यक्ष शम्भु शाही र बास बाँके शाखाका सदस्य मकबुल अहमद मुकेरीको उपस्थितीमा भएको हो । उता आज नै जानकी गाँउपालिका वडा नम्बर ३ ईन्द्रपुरमा चेत कुमारी श्रेष्ठको अध्यक्षतामा बासको ईकाई समिति गठन भएको छ । ईकाई बासका महासचिब छबीलाल सुनारको उपस्थितीमा भएको हो ।
उता आज नै बासको कोहलपुर उपशाखा देबि चन्दको अध्यक्षतामा पुर्नगठन भएको छ । उपशाखा बासकी कोषाध्यक्ष लुना बुढाथोकीको उपस्थितीमा भएको हो ।

  • २४ फाल्गुन २०७५, शुक्रबार प्रकाशित

  • Nabintech