वडानम्वर १८ मा डिजिटल सेवा शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज /नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्वर १८ मा डिजिटल डिस्प्ले सेवा फाल्गुण १९ गते देखि शुरु गरिएकोछ ।

अमेरिकि दुताबासको सहयोगमा अकाउण्टबिलिटि ल्याव र बासले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता अन्र्तगत सो सेवा शुरु भएको हो ।

आज आयोजित बिशेष कार्यक्रममा अमेरिकि राजदुत रेन्डी बेरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर र वडाध्यक्ष दिपक कुमार बर्माले डिजिटल डिस्प्ले सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटनमा बोल्दै राजदुत बेरीले जवाफदेहिता र आर्थिक पारदर्शिताका लागि डिजिटल डिस्प्ले सेवा नविनतम, सृजनशिल कार्य भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले आम नागरिकहरुलाई सूचना सम्मको पहुँच स्थापित गर्नका लागि नमूनाको रुपमा वडानम्बर १८ मा डिजिटल सेवा शुरु गरेको बताए ।

उपप्रमुख उमा थापा मगरले उपमहानगरपालिका र वडाका गतिविधिहरुलाई सार्वजनिकरण गर्न डिजिटल डिस्प्ले सेवा शुरु गरेको बताए । वडाध्यक्ष दिपक कुमार बर्माले कार्यक्रममा स्वागत गर्दै सेवाको उद्धेश्य बारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

वडा कार्यालयको प्रतिक्षालयमा ठूलो टेलिभिजनसँगै सूचना पार्टीहरु राखिएकोछ । सूचनामूलक सफ्टवेयर जडान गरि उपमहानगर र वडाका आधारभुत जानकारीसँगै सेवा, सुबिधा बारे सूचनाहरु राखिएकोछ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर ४ का जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरु बिच जवाफदेहिताका बिषयमा छलफल भएको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा वडामा परियोजनाका तर्फबाट भएका पहलहरुबारे परियोजनाका सिएफए छबिलाल सुनारले प्रश्तुतिकरण गरेका थिए ।

वडाध्यक्ष मो. सफिक बेहनाले वडाका सवाल, उपलब्धि र कार्यक्रमबारे जानकारी गराएको कार्यक्रममा दोहोरो सम्बाद भएको थियो । दोहोरो सम्बादमा सहभागिहरुले बिभिन्न बिषयहरुमा जिज्ञाशा राखेका थिए भने उत्तर वडाध्यक्षले दिएका थिए ।

छलफलको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएकोछ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा बालमैत्री स्थानीय शासनको अवधारणालाई अवलम्बन गर्दै १ बर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने, नयाँबस्ति, प्रगतिशिल टोल लगाएतका टोलहरुमा आवश्यकता अनुसार सडक, खानेपानीका लागि योजना सञ्चालन गर्ने, वडानम्बर ४ मा छात्रा स्कुल स्थापना गर्ने, वडाध्यक्षले आफ्नो पारिश्रमिकबाट वडाको बिकासका लागि खर्च गरिरहेकाले सो को जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, आगामी बजेटबाट वडामा जिम केन्द्र स्थापना गर्ने र वडामा निर्माणाधिन नगर स्वास्थ्य भवन वरिपरि भईरहेको अतिक्रमण हटाउने रहेका छन् ।

कार्यक्रममा अमेरिकि राजदुत रेन्डी बेरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगाएतले बोलेका थिए ।

  • २९ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech