बासको केन्द्रीय अध्यक्षमा सिटौला

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास केन्द्रीय कार्यसमितिको आठौं अधिबेशनले रमेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
चैत्र २ गते शनिवार नेपालगन्जमा सम्पन्न केन्द्रीय अधिबेशनले उपाध्यक्षमा लुना बुढाथोकीलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी समितिको महासचिबमा शिब कुमार बर्मा, सचिबमा खुमेस सुबेदी र कोषाध्यक्षमा छबीलाल सुनार निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रदेश नम्बर १ को संयोजकमा पि.बि. दियाली, ३ को संयोजकमा ईश्वर दाहाल, ४ को संयोजकमा चुत्र बहादुर महत, ५ को संयोजकमा राधिका गिरी, ६ नम्बर प्रदेशको संयोजकमा रमेश परियार र प्रदेश नम्बर ७ को संयोजकमा लक्ष्मी प्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यहरुको क्रमशः मधेषि÷मुस्लिमबाट मकबुल अहमद मुकेरी, दलित सदस्यमा मोहनलाल सोनखर, अपाङ्गताबाट यदुनाथ सिग्देल, महिला तर्फ दिला शाह र मुना बिष्ट र खुल्ला सदस्य तर्फ मेघा कुमारी रेउले, खेम बिष्ट र दशरथ प्रसाद कोरी चयन भएका छन् ।
निर्वाचित केन्द्रीय पदाधिकारीहरुको घोषणा मुख्या निर्वाचन अधिकृत चन्द्र प्रसाद तिमिल्सिनाले गरेका थिए । निर्वाचित पदाधिकारीहरुको घोषणासँगै नयाँ कार्यसमितिलाई अविर लगाएर मुख्य निर्वाचन अधिकृत तिमिल्सिना, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्वाचन अधिकृत पूर्ण प्रसाद ढकाल, निर्वाचन अधिकृत हेमराज भट्टले बधाई ज्ञापन गरेका थिए । नब निर्वाचित कार्यसमितिको सपथ ग्रहण र प्रमाणपत्र बितरण भने चैत्र ३ गते सम्पन्न भएको छ । 

  • ४ चैत्र २०७५, सोमबार प्रकाशित

  • Nabintech