ईन्द्रपुरमा अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । चैत्र ५ गते ।
वडा स्तरीय बाल क्लबका पदाधिकारीहरुलाई बाल अधिकार सम्बन्धी अभिमुखिकरण बाँकेको ईन्द्रपुरमा चैत्र ५ गते सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपाल काठमाण्डौको सहकार्य तथा बास नेपालगन्जको आयोजनामा सो अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम तथा बाल अधिकार संरक्षणका विभिन्न बिषयमा बासका उप निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा स्तरीय बाल संरक्षण समिति संयोजक शोभाराम बर्माले वडामा बाल बालिकाको हितमा काम गरिरहेको बताए । उनले बाल बालिकाका लागि बिनियोजन रकमको सहि सदुपयोग गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । उनले ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमले साच्चिकै बाल अधिकार सम्बन्धी सन्देस घरघर सम्म पु¥याउने भन्दै सो कार्यक्रममा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै बासका अध्यक्ष रमेस सिटौलाले बाल अधिकार संरक्षणमा सबै सजग र सचेत हुनुपर्ने बताए । उनले ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम एक अर्का बिचको सिकाई आदान प्रदान गर्ने कार्यक्रम भएकाले सिकेको कुरालाई सबैलाई जानकारी गराउन अनुरोध गरे । बाल अधिकार सबैको सरोकारको बिषय भएकाले सबैले बाल अधिकार संरक्षणमा एक जुट भएर लाग्न समेत अध्यक्ष सिटौलाले आब्हान गरेका छन् । कार्यक्रममा बोल्दै बासकी केन्द्रीय सदस्य मुना बिष्टले बालमैत्री वडाको परिकल्पनालाई साकार पार्न सबैको ब्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताईन । उनले ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमले सबैलाई सन्देस प्रवाह गर्ने बताईन ।
बासकी सामाजिक परिचालक सामना कडेंलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य लक्ष्मी पासि, बाल संरक्षण समिति संयोजक शोभाराम बर्मा, सदस्य जयसरा बिश्वकर्मा, राजीराम गडरिया, सचिब राम फेरन मौर्य, श्री आधारभुत बिद्यालय बन्जारेगाँउका शिक्षक रमेश चन्द्र पाठकगाँउपालिका स्तरीय वाल क्लब सञ्जालका अध्यक्ष प्रदिप कुमार धोबी, वडा स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अकलेस बर्मा लगायत ३८ जनाको सहभागिता रहेको थियो । 

 

  • ५ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech