जनप्रतिनिधि र नागरिकहरु बिच छलफल, आठ बुँदे प्रतिबद्धताको घोषणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज /८ बुँदे प्रतिबद्धता व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १ का जनप्रतिनिधि र नागरिकहरु बिचको छलफल कार्यक्रम चैत्र १२ गते सम्पन्न भएकोछ ।

बास नेपालगञ्ज र एकाउण्टेबिलीटि ल्याबको साझेदारीमा संचालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम नेपालगञ्जको धम्बोझिमा सम्पन्न भएको हो ।

कार्यक्रमको अन्तमा जारी गरिएका प्रतिबद्धताहरुमा आगामी आर्थिक बर्षमा आफ्नै वडा कार्यालय निर्माण गर्ने, आगामी दुई बर्ष भित्र वडाका सबै घरहरुमा करेशावारी निर्माण गर्ने, आगामी आर्थिक बर्ष भित्र वडा भित्र खेलकुद केन्द्र स्थापना गर्ने, वाटरपार्क नजिकैमा रहेको ३ कठ्ठा जग्गामा किरिया पुत्री घर निर्माण गर्न पहल गर्ने, बिश्वनाथ टोल, प्रगति टोल, बिकास मार्ग लगाएतका टोलहरुको आवश्यकताका आधारमा सडक निर्माण गर्ने, जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि प्रत्येक घर, घरमा चिकित्सक पठाउने व्यवस्था गर्ने तथा घुम्ती उपचार केन्द्र सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालय नजिकै रहेका बिरुवाहरुमा बिद्युतको तार छोई करेण्ट प्रबाह भईरहेको गुनासो आएकाले सो समस्या समाधानका लागि पहल गर्ने, वडामा रहेका मठ, मन्दिर, कुवालाई संरक्षण गर्ने रहेका छन् ।

परियोजनाका सिएफए छविलाल सुनारले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका जिल्ला संयोजक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेका थिए भने वडाध्यक्ष प्रमोद रिजालले वडाको कार्यक्रम र बजेट बारे जानकारी गराएका थिए । वडाका जनप्रतिनिधि र स्थानीय बिच बिकास निर्माण लगाएतका बिषयमा ढेढ घण्टा बढि प्रश्नोत्तर भएको थियो । ६० बढिको सहभागितामा कार्यक्रम समपन्न भएको थियो । कार्यक्रममा अर्का सिएफएम रबिन्द्र बोहराले प्रतिबद्धता घोषणा गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु डम्बर थापा, जगमोहन काँदु लगाएतको सहभागिता रहेको थियो ।

 

  • १२ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech