प्याड बनाउने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/उडान नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २० को मनकामना टोलमा महिलाहरुलाई चैत्र १२ गते प्याड बनाउने तालिम प्रदान गरिएकोछ ।

महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड अस्वस्थकर हुने भएपछि समुदायका महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको संस्थाले जनाएकोछ ।

३० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा सप्रिया शाही ठकुरीले प्रशिक्षण दिएकि थिईन् । उनले महिलाहरुलाई प्याड बनाउने तरिका, प्याडका फाईदाहरु लगाएतका बिषयमा प्रशिक्षण दिएकि थिईन् ।

सचिव तपेन्द्र मलातीले सञ्चालन गरेको कार्यक्रममा उडा नेपालका अध्यक्ष जनक थपाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । तालिम लिईसकेपछि महिलाहरुले स्थानीय स्तरमा प्याड बनाई प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • १२ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech