बालश्रम अन्त्यका लागि अभिभावकको चेतना बृद्धि आवश्यकः नगरप्रमुख चौधरी

असल शासन प्रतिनिधि

किरण गौतम । घोराही, १३ चैत ।

घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् ।  युनिसेफ नेपालको सहयोग तथा सिविस काठमाण्डौको आयोजनामा दाङको घोराहीमा सुरु भएको दुईदिने ‘तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा प्रतिवेदन लेखन तालिम’ को उद्घाटन गर्दै नगरप्रमुख चौधरीले बालश्रम अन्त्य गरे मात्रै समृद्धि हासिल गर्न सकिने बताए । किरण गौतम । घोराही, १३ चैत । घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् ।  युनिसेफ नेपालको सहयोग तथा सिविस काठमाण्डौको आयोजनामा दाङको घोराहीमा सुरु भएको दुईदिने ‘तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा प्रतिवेदन लेखन तालिम’ को उद्घाटन गर्दै नगरप्रमुख चौधरीले बालश्रम अन्त्य गरे मात्रै समृद्धि हासिल गर्न सकिने बताए । मानव शंसाधन विकास नै राज्यको समृद्धिको आधार भएको बताउँदै प्रमुख चौधरीले बालबालिकाहरुमा लगानी गरे भोलिको देशको समृद्धि सुनिश्चित हुने धारणा ब्यक्त गरे । जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल उद्धार गरी सुरक्षित गर्ने गरी बालबालिकासँग क्रियाशील संघ–संस्थाहरु सँग–सँगै अगाडि बढ्न आफु आतुर भएको बताउँदै चौधरीले समुन्नत समाज निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताए । परिवारमा बालमैत्री वातावरण नहुँदा एवं अभिभावकले बालबालिकालाई हेरचाहमा ध्यान नदिँदा बालबालिकाहरु श्रम शोषणमा पर्ने गरेको हुँदा अभिभावक केन्द्रित कार्यक्रमहरुमा जोड दिनुपर्ने उनको भनाइ थियो ।कार्यक्रममा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत शिवशङ्कर डङ्गोलले बालश्रम अन्त्यका लागि युनिसेफले क्षमता अभिबृद्धिका कार्यक्रम, सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने, व्यवहार परिवर्तनका लागि सूचना दिने खालका कार्यक्रम, सीपमूलक तालिम, सरकारलाई सहयोग गर्नेलगायतका विभिन्न खालका कार्यक्रममा सहयोग गर्दै आएको बताए । युनिसेफले आफ्नो दायरालाई बढाउँदै सामाजिक सुरक्षाका क्षेत्रमा समेत काम गरिरहेको उनको भनाई थियो । अहिलेसम्म ६ हजार बालबालिकाहरुलाई घटना व्यवस्थापन प्रक्रियामा लगी आवश्यक सेवा दिइएको, ४ हजार बालमजदुरहरुलाई औपचारिक शिक्षामा जोडिएको, व्यवहार परिवर्तनका लागि घरदैलोमा पुगी सचेतना दिने काम भइरहेको उनले बताए ।बाल अधिकार विज्ञ उद्धवराज पौडेलले बाल संरक्षणका क्षेत्रमा भएका कामहरुलाई राम्रोसँग अभिलेखीकरण गरी प्रतिवेदन लेख्नलाई सहज बनाउनका लागि तालिम फलदायी हुने अपेक्षा व्यक्त गरे ।  समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) का कार्यकारी निर्देशक डा.अशोक पाण्डेले बाल संरक्षणका क्षेत्रमा हालसम्म भएका उपलब्धिहरुलाई सुरक्षित गर्न यो तालिम आयोजना गरिएको बताए । दिनरात खटेर भएका कामहरुलाई व्यवस्थित रुपमा दस्तावेजीकरण गर्न तालिम उपलब्धीपूर्ण रहने बिश्वास उनले ब्यक्त गरे । सिविसका कार्यक्रम अधिकृत भरत अधिकारीको स्वागत गरेको कार्यक्रमको सञ्चालन सिविसका परामर्शदाता रमेश पौडेल गरेका थिए । तालिममा पूर्व विराटनगरदेखि पश्चिम बैतडीसम्मका १६ वटा नगरपालिकाकाका प्रतिनिधि तथा बाल संरक्षण कार्यक्रम सञ्चालन गरिरहेका साझेदार संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण बालअधिकार विज्ञ उद्धवराज पौडेल, रमेश पौडेल र डा. अशोक पाण्डे ले गर्ने कार्यक्रम रहेको छ । 

  • १३ चैत्र २०७५, बुधबार प्रकाशित

  • Nabintech