स्थानीय नागरिक र जनप्रतिनिधि बिच परसपुरमा छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अमेरिकी राजदुताबासको सहयोगमा अकाउन्टिविलिटी ल्याव र बासले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरर्गत स्थानीय नागरिक र जनप्रतिनिधि बिचको छलफल कार्यक्रम नेपालगञ्जको परसपुरमा चैत्र १४ गते सम्पन्न भएकोछ ।

९ बुँद्धे प्रतिबद्धता व्यक्त गर्दै सो छलफल सम्पन्न भएको हो । दोहोरो छलफल पश्चात गरिएका प्रतिबद्धताहरुमा वडालाई सरसफाईयुक्त बनाउन सचेतना अभियान सञ्चालन गर्ने, फोहरमैला व्यावस्थापनका लागि आगामी वर्षको बजेट मार्फत टोल टोलमा डष्टविन उपलब्ध गराउने, परस्पुर मिराज दर्जिको घर देखि पिपल चौतार सम्म पिसिसि बाटो निमार्ण गर्न पहल गर्ने, वडाको अगुवाइमा आउने बैशाख महिनामा खेलकुद कार्यक्रम सञ्चालन गर्ने, गाउँघर क्लिनिकको लागि वडामा सार्वजनिक जग्गाको खोजी गरी भवन निमार्ण गर्न पहल गर्ने, वडा कार्यालयलाई स्थानीयको सहमतिमा ज्ञानसागर माद्यामिक विद्यालयको परिसरबाट टाढा सार्ने, लक्षित वर्गको कार्यक्रममा पछाडी परेका, गरिब, एकल महिलाहरुलाई प्राथमिकता दिने, ढोेडेगाउँमा विधुतिकरणका लागि पहल गर्ने र ढोडेगाउँमा पिपल चौतारा नजिकै रहेको मन्दिरलाई संरक्षण प्रबद्र्धन गर्ने रहेका छन् । ६० जनाको सहभागीता रहेको कार्यक्रममा सहभागी उर्मिला कनोजिया, अजय शर्मा, अखिलेश शर्मा, मन बहादुर खडका, रामसोनम पाल लगाएतले जनप्रतिनिधिलाई प्रश्न र जिज्ञासा राखेका थिए ।

सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका बाँके जिल्ला संयोजक नमस्कार शाहले परियोजना र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने अर्का सामुदायिक समन्वयकर्ता छविलाल सुनारले सार्वजनिक प्रतिबद्धता घोषणा गरेका थिए । वडा अध्यक्ष अजय कुमार पाठकले वडामा सञ्चालन भईरहेका गतिविधिहरु बारे जानकारी गराएका थिए ।

  • १३ चैत्र २०७५, बुधबार प्रकाशित

  • Nabintech