बर्दियामा नागरिक सुनुवाई, ७ बुदें प्रतिबद्धता घोषणा

असल शासन प्रतिनिधि

बर्दियामा नागरिक सुनुवाई, ७ बुदें प्रतिबद्धता घोषणा

गुलरिया । चैत्र २४ गते ।
विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका बिषयमा चैत्र २४ गते बर्दियाको गुलरियामा नागरिक सुनुवाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजना तथा बास बर्दिया शाखाको सहजिकरणमा सो नागरिक सुनुवाई कार्यक्रम गरिएको हो । संसद बिमला बि.क., जिल्ला समन्वय समिति संयोजक शंकर थारु, गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादब, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुरेन्द्र मैनाली लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितीमा सो सुनुवाई गरिएको हो । सुनुवाईमा सहभागि ८५ बढी आम नागरिक र उपस्थित सरोकारवालाहरु बिच बर्दिया जिल्लाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका बिषयमा झण्डै अढाई घण्टा दोहोरो छलफल भएको थियो । छलफलको अन्त्यमा ७ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा जिल्लाको सिमा नाकाहरुमा भईरहेको चोरी तस्करी नियन्त्रणका लागि भएको पहलको सह्राना गर्दै आगामी दिनमा पहललाई थप तिब्र पार्ने र यस कार्यमा सबैले सहयोग गर्ने, जिल्लामा निर्माणाधीन सडक तथा विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय बनाउनका लागि सम्बद्ध निकायको ध्यान आकर्षण गराउने र सबै सचेत बन्ने, शहरी विकास कार्यालयबाट निर्माणाधीन सबै सडकबाट धुलो धुवा उडी आम नागरिकको स्वास्थ्यमा गम्भिर असर परिरहेकाले अब उप्रान्त दिनमा दुईपटक पानी छर्कीने, जिल्लामा भारु रुपैयाको अभाव रहेकाले २० दिन भित्र कार्यविधि तयार गरि आवश्यक भएका ब्यक्तिहरुलाई प्रचलनका लागि भारु नोट उपलब्ध गराउने, गुलरिया स्थित सेवा केन्द्रको सेवा प्रभावकारी बनाउने, विकास निर्माणका कार्यहरु असारमा गर्ने प्रबृद्धीलाई निरुत्साहित गर्ने र लाउड स्पिकर लगायतका यन्त्रहरुबाट चर्को ध्वनी उत्पादन भई वनी प्रर्दुषणले मानविय जिवनमा प्रतिकुल असर परिरहेकाले ध्वनी प्रदुर्षण नियन्त्रण गर्नका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका केन्द्रीय सचिब खुमेस सुबेदीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

  • २४ चैत्र २०७५, आईतवार प्रकाशित

  • Nabintech