बाल अधिकार संरक्षण तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । चैत्र २४ गते ।
बाल मैत्री स्थानिय शासन तथा बाल संरक्षण बिषयक दुई दिने तालिम नेपालगन्जमा शुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सहयोग, वडा स्तरीय बाल क्लब सञ्जालको समन्वय तथा बास नेपालगन्जको आयोजनामा सो तालिम शुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले वडालाई बाल मैत्री घोषणा गर्ने अभियानमा लागेको बताए । उनले बाल मैत्री वडा घोषणा भएका मात्रै बाल अधिकार संरक्षण हुने भन्दै सो अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । बाल बालिकाका सवालमा वडा कार्यालय निरन्तर लागि परेको भन्दै आगामी दिनमा बाल अधिकार संरक्षण तथा बाल मैत्री वडा घोषणा गर्न थप योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता गरे । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारिक रुपमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै वडा सदस्य नर बहादुर बिष्टले सबै वालवालिकाहरुलाई दक्ष र सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारिक रुपमा लागु गर्न सबैलाई अनुरोध गरे ।
बासका कोषाध्यक्ष छबीलाल सुनारले सञ्चालन गरेको तालिममा स्वागत बासका महासचिब शिब कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए ।
वडा स्तरीय बाल क्लब सञ्जाल, विभिन्न समुदाय तथा बिद्यालय स्तरी सञ्जालका पदाधिकारीहरु गरि ४० जनाको सहभागिता रहेको तालिमको पहिलो दिन बाल बालिकाको परिभाषा, बाल अधिकार संरक्षण, बाल बालिकाका सवालहरुका बिषयमा बासका उपनिर्देशक हेमराज भट्ट, बाल अधिकार संरक्षणका सवालमा बालबालिकाले गर्न सक्ने कामहरु र बाल विवाहका बिषयमा सहजकर्ता मन भण्डारीले सहजिकरण गरेका छन् । भने तालिममा बाँके जिल्ला स्थित बालबालिकाको अवस्था तथा बाल क्लबहरुले गरिरहेका क्रियाकलापहरुका बारेमा जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष मेनका रावत र वडा स्तरीय बाल क्लब सञ्जालका सल्लाहकार ऋतिक शाहीले अनुभव सुनाएका थिए ।
तालिमको उद्घाटन सत्रमा वडा अध्यक्ष बिन्दु भुषण बस्नेत, सदस्यहरु नर बहादुर बिष्ट, मनोद कुमार शाही, जिल्ला बाल क्लबकी अध्यक्ष मेनका रावत, वडा स्तरीय बाल क्लब सञ्जालका सल्लाहकार ऋतिक शाही, अध्यक्ष आदित्य थापा लगायतको उपस्थिती रहेको थियो । तालिम भोली सम्म चल्नेछ ।

  • २४ चैत्र २०७५, आईतवार प्रकाशित

  • Nabintech