नेपालगन्जमा बृहत स्वयम सेवक समुह गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । चैत्र २६ गते ।
सामाजिक सदभाव प्रर्वद्धनका लागि आज नेपालगन्जमा आयोजित युवा स्वयम् सेवकहरुको भेलाले वृहत स्वयमसेवक समूहको गठन
गरेको छ ।
युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालित दिगो विकास तथा सामाजिक सदभावका लागि नागरिक सहभागता परियोजना अन्तर्गत सो स्वयमसेवक समुह गठन गरिएको हो ।
सामाजिक सद्भाव प्रबद्र्धनमा रुचि भएका र स्वयम् सेवा गर्न चाहने युवाहरुकालागि यस अघि नै आवेदन खुल्ला गरिएको थियो । आवेदन फर्म भरेका मध्ये छनौटमा परेका १०६ जना स्वयमसेवकहरुको सहभागितामा स्वयम् सेवक समुह गठन गरिएको छ । स्वयसेवक परिचालन र कार्यविभाजनमा सहजताका लागि स्वयमसेवकहरुलाई चार उप समूहमा बाडेर हरेक उपसमुहका लागि ४ जना उपसंयोजकहरु तोकिएको
छ । जस मध्ये स्वयम सेवक सहसंयोजक शर्मिला थापा, शोभा थापा मगर, टोपेन्द्र शाही र गीता खड्का चयन भएका छन् । यसरी छनौट गरिएका स्वयमसेवकहरुले विभिन्न सयममा विशेष अवसरहरु, चाडपर्वहरु तथा आपद विपदमा स्वयमसेवा गर्ने गरि जिम्मेवारी दिईएको छ ।
सोही अवसरमा स्वयम् सेवकहरुलाई स्वयम सेवाका बारेमा उत्प्रेरणात्मक अभिमुखीकरण प्रदान गरिएको छ । स्वयम् सेवाका विभिन्न बिषयमा केन्द्रीत अभिमुखिकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रदान गरेका थिए । कार्यक्रमका बिच बासमा स्वयम् सेवक भई काम गर्दै आउनुभएका मीनु गुप्ता, टोपेन्द्र शाही, सिन्धु धरकत्वा र खेम विष्टले स्वयम् सेवकको रुपमा काम गर्दाका अनुभव ब्यक्त गरेका थिए । बासका स्वयम् सेवक संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत शर्मिला थापाले गरेकी थिईन् । कार्यक्रममा बासका केन्द्रीय पदाधिकारीहरु, कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

  • २६ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech