लेखापरीक्षणमा नागरिक सहभागिता बिषयक कार्यशाला शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लेखापरीक्षणमा नागरिक सहभागिता बिषयक दुई दिने कार्यशाला गोष्ठि नेपालगञ्जमा आज (बैशाख ९ गते) देखि शुरु भएको छ ।

महालेखापरीक्षकको कार्यालयको आयोजना बिश्व बैंकको सहयोग, हेल्बिटास र स्काई समाजको व्यवस्थापनमा सो कार्यशाला शुरु भएको हो ।

लेखापरीक्षणका सिद्धान्तहरु बारे समान बुझाई बिकास गर्ने, लेखापरीक्षण प्रकृयामा नागरिक सहभागिता अभिबृद्धि गर्ने र नागरिक सहभागिता मूलक लेखापरीक्षणका बारे नागरिक समाजका प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्न सो कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ ।

बाँके, बर्दिया, दाँग, सुर्खेत, दैलेख र जाजरकोटका जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएत ५० बढिको सहभागितामा शुरु भएको कार्यशालाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले गरेकि थिईन् ।

बिश्व बैंकका बरिष्ठ बित्तिय प्रबन्धक योगेश बम मल्लले स्वागत गरेको कार्यशालामा कार्यमुलक लेखापरीक्षणमा नागरिक सहभागिता प्रबद्र्धन परियोजनाका संयोजक डा. शेषरमण न्यौपानेले उद्धेश्य माथि प्रकाश पार्दै सार्वजनिक सेवा प्रवाह र सामाजिक जवाफदेहिताका संयन्त्रहरु बारे सहजिकरण गरेका थिए भने परियोजनाका सुशासन बिज्ञ प्रभाकर पण्डितले सूचनाको हक, महालेखापरीक्षकको कार्यालयका अधिकृत हरि प्रसाद आचार्यले लेखापरीक्षणको पृष्ठभुमी, अवधारणा, निर्देशक रमेश बाबु के.सी.ले परीक्षणको अवधारणा र सिद्धान्तका बारेमा सहजिकरण गरेका थिए ।

नायव महालेखापरीक्षक दामोदर पुडासैनीले परीक्षण र कार्यमुलक परीक्षण, नागरिक सहभागिताका बारेमा सहजिकरण गरेका थिए भने बिश्व बैंककी सुशासन परामर्शदाता अञ्जली थकालीले नेपालको लेखापरीक्षण प्रकृयामा नागरिक सहभागिताका बिषयमा सहजिकरण गरेकि थिईन् ।
कार्यशालाको दोश्रो दिन लेखापरीक्षणकै बिबिध बिषयमा प्रशिक्षण दिनुका साथै बिभिन्न कार्यालयहरुमा गई नागरिक सहभागितामा गरिने लेखापरीक्षणको अभ्यास गरिने आयोजकले जनाएको छ ।

  • ९ बैशाख २०७६, सोमबार प्रकाशित

  • Nabintech