घर आगनमा जनप्रतिनिधि

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज वडानम्वर २ का जनप्रतिनिधिहरु घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सनेका छन् ।

बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरगत शुरु गरेको घर आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा बैशाख १२ गते सहभागि भएर उनीहरुले स्थानीय नागरिकका गुनासो सुनेका हुन् ।

 वडानम्वर २ को कालिकाटोलमा जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष सुनिल सिंह हमाल, वडा सदस्य आशा सिंह ठकुरी लगाएत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए । स्थानीयहरुले वडानम्वर २ को पूंजिगत बजेटबाट स्थानीय शाहदेब लोधको घरबाट मिश्रिलाल वारीको घर सम्म बन्न लागेको पिसिसि सडक निर्माणमा ढिलाई भएको गुनासो गरेका थिए । साँघुरो बाटो, निकाश बिहिन ढलका कारण टोलनैं समस्या परेको स्थानीयले गुनासो गरेका थिए ।

कालिका बिकास उपभोक्ता समितिले जिम्मेवारी लिई ठेकेदार लाई दिएको उक्त जिम्मेवारी अनुरुपको काममा ढिलाई भएको वडाध्यक्ष हमालले स्विकारे । उनले मापदण्ड बमोजिम केही स्थानीयहरुले घर नभत्काएका कारण काममा ढिलाई भएको उल्लेख गर्दै १५ दिन भित्र सडक निर्माण सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिईसकेको बताए ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बासले नेपालगञ्जको वडानम्वर १४ मा जनगुनासो सुनुवाई बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । बासकी सहजकर्ता बिन्दु कुवँरले गुनासोका प्रकार, उपमहानगरपालिकाले अवलम्बन गरेको गुनासो सुनुवाई प्रणाली र नेपालगञ्ज उपमहानगरपालिकामा स्थापित हेल्प डेस्क बारे जानकारी दिएकि थिईन् ।

  • १२ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech