प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बहस

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बैशाख १२ गते नेपालगञ्जमा बहस गरिएको छ ।

डिभिजन बन कार्यालय, बाँकेको सहयोग र बासको आयोजनामा सम्पन्न बैकल्पिक झोला प्रयोग प्रबद्र्धन तथा प्रदुषण नियन्त्रण बिषयक अन्र्तक्रिया कार्यक्रममा प्लाष्टिक मुक्त नेपालगञ्जका बिषयमा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्लाष्टिकको प्रयोग रोक्न सबै मिलेर काम गर्नु पर्ने बताए ।

नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जलाई प्लाष्टिक मुक्त शहर बनाउनका लागि उद्योगी, व्यापारीहरुका तर्फबाट अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिका सुशासन समितिका संयोजक तथा वडानम्बर १० का वडा सदस्य नर बहादुर बिष्ट, वडानम्वर १८ का सदस्य दिगबिजय राणा, सरसफाई अभियन्ता हेमन्त काफ्ले, ब्रिटिस ईंगलिस बोर्डिंग स्कुलका बिद्यार्थीहरु संगम बाबु पौड्याल, सदिक्षा स्नेही, महिला मिलिजुलीकी संगिता राई, एचसिआईका प्रतिनिधि साजन सिद्धिकी, नेपालगञ्ज उपमहानगरपालिकाका ईञ्जिनियर प्रकाश डि.सि. लगाएतले बोलेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्लाष्टिकले पार्ने प्रभाव र नियन्त्रणका उपायहरु बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ७० बढि सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्लाष्टिकको पुर्नप्रयोगबाट बनेका सामाग्रिहरु बारे बरिष्ठ कलाकार श्यामानन्द सिंहले प्रर्दशनि गरेका थिए भने कागजका झोला उत्पादन गर्ने कम्पनि माझि प्रोडक्सनका प्रोपराईटर कुमार अधिकारीले बैकल्पिक झोलाका बारेमा बोलेका थिए ।

छलफलको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा प्लाष्टिकका गिलासमा चिया नखाने, दैनिक उपभोग्य बस्तु खरिद गर्दा प्लाष्टिकको झोला प्रयोग नगर्ने, प्लाष्टिक मुक्त शहरका लागि प्रचार, प्रसारको कार्य गर्न नेपालगञ्ज उद्योग बाणिज्य सँघका तर्फबाट पहल गर्ने, प्रयोग भईसकेको प्लाष्टिकको पुनः प्रयोग गर्ने, प्लाष्टिक जन्य झोलाको प्रयोगले पार्ने प्रभावका बारेमा जनचेतना जगाउने, प्लाष्टिकको झोलाको बिकल्पको रुपमा कपडा र कागजको झोला प्रयोग गर्ने रहेका छन् ।

कार्यक्रमको समापन बन डिभिजन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेश खड्काले गरेका थिए । कार्यक्रम बासका समुदाय अगुवाई समन्वयकर्ता रबिन्द्र बोहराले गरेका थिए ।

 

  • १२ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech