पुरैनीमा स्थानीय नागरिक र जनप्रतिनिधि बिच छलफल

असल शासन प्रतिनिधि

अमेरिकी राजदुताबासको सहयोगमा अकाउन्टिविलिटी ल्याव र बासले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरर्गत स्थानीय नागरिक र जनप्रतिनिधि बिचको छलफल कार्यक्रम नेपालगञ्जको पुरैनीमा सम्पन्न भएको छ ।

५ बुँद्धे प्रतिबद्धता व्यक्त गर्दै सो छलफल सम्पन्न भएको हो । दोहोरो छलफल पश्चात गरिएका प्रतिबद्धताहरुमा युवाहरुको क्षमता बिकास र खेलकुदमा युवाहरुलाई सहयोग गर्ने, वडाका बिभिन्न स्थानहरुमा लागु औषध प्रयोग भईरहेको भन्ने गुनासो आएकाले सो कार्य हुन नदिन पहल गर्ने, बेरोजगार र जनता आवासका लागि वडाका सबै टोलमा जानकारी गराउने, सडक बत्तिलाई थप व्यवस्थित गर्ने, वडाले प्रदान गर्ने सेवा, सुबिधा थप प्रभावकारी बनाउने रहेका छन् । ६० जना बढिको सहभागीता रहेको कार्यक्रममा वडाध्यक्ष बिद्याराम बर्मा, सदस्यहरु राजिया बेगम शेष, सरस्वती धोवी, वडा सचिव रञ्जन श्रेष्ठले सहभागिका जिज्ञाशाहरुको उत्तर दिएका थिए ।

सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका बाँके जिल्ला संयोजक नमस्कार शाहले परियोजना र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने स्वागत बास महासचिव शिव कुमार बर्माले गरेका थिए ।

यसैगरी सुरक्षित बैदेशिक रोजगार बारे वडानम्वर १४ मा आज छलफल गरिएको छ । बास र अकाउण्टबिलिटि ल्यावको आयोजनामा उक्त छलफल गरिएको हो । छलफलको अन्तमा ३ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा बैदेशिक रोजगारमा जाँदा समस्यामा परेको गुनासो आएमा प्राप्त प्रमाणको आधारमा समाधानको पहल गर्ने, बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको सिप, दक्षताका लागि वडाबाट बजेट बिनियोजन गर्ने र बेदेशिक रोजगारलाई सुरक्षित बनाउन जनचेतना जगाउने रहेका छन् ।

सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य दशरथ कोरीले गरेका थिए भने उद्धेश्य माथि प्रकाश सामुदायिक समन्वय अगुवाकर्ता सिन्धु धर्कत्वाले पारेकि थिईन् । कार्यक्रममा वडाध्यक्ष ओम प्रकाश मिश्रले सहभागिहरुको प्रश्नको उत्तर दिएका थिए ।

  • १२ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech