सरसफाईका लागि जनचेतना फैलाउँदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बैशाख १३ र १४ गते नेपालगञ्जमा सडक नाटक प्रर्दशन गरिएको छ ।

डिभिजन बन कार्यालय, बाँकेको सहयोग र बासको आयोजनामा सो सडक नाटक प्रर्दशन गरिएको हो । बैशाख १३ गते नेपालगञ्जको बि.पि. चौकमा प्रर्दशन गरिएको थियो भने बैशाख १४ गते नेपालगञ्जको धम्बोझी चौकमा सडक नाटक प्रर्दशन गरिएको हो ।

फोहरलाई स्रोतमानैं बर्गिकरण गरि व्यवस्थापन गर्न जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले उक्त सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा रबिन्द्र बोहरा, अञ्जना चुतुर्वेदी, शोभा थापा मगर, निशा श्रेष्ठ, राजेन्द्र बिष्ट, सपना परियार, देवा बहादुर क्षेत्री, सल्मान सल्मानी र साहबुद्धिन हल्वाईले अभिनय गरेका थिए । बि.पि.चौकमा भएको सडक नाटकमा २०० बढिले अवलोकन गरेका थिए । सो नाटक प्रर्दशनीको अन्त्यमा बासका कोषाध्यक्ष छबिलाल सुनारले धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी बैशाख १४ गते नेपालगञ्जको धम्बोझि चौकमा सडक नाटक प्रस्तुत गरिएको थियो । नेपालगञ्ज वडानम्वर २ को माँ बागेश्वरी आमा समूहले निकालेको र्यालीको समापनमा सडक नाटक प्रर्दशन गरिएको थियो ।

सो क्रममा वडानम्वर २ का वडाध्यक्ष सुनिल सिंह हमाल, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगाएतले बोलेका थिए । सो कार्यक्रमको सञ्चालन बासका कोषाध्यक्ष छबिलाल सुनारले गरेका थिए ।

यसैगरी बासले सार्वजनिक स्थल, गाउँ नगर सरसफाई कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्र्तगत बैशाख १४ गते नेपालगञ्जको गुरुद्धारा, गुरुद्धाराबाट शुरु भई सुर्खेतरोड देखि धम्बोझी चोक सम्म सरसफाई गरिएकोछ । क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जसँगको सहकार्य, डिभिजन बन कार्यालयको सहयोगमा सरसफाई गरिएको हो । कार्यक्रमको शुरुवातमा क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जका अभियन्ता डाक्टर बिनोद कर्ण, हेमन्तराज काफ्ले र बासका कार्यकारी निर्देशक नमस्कार शाहले सरसफाईका बिषयमा बोलेका थिए । बासका पदाधिकारी, स्वयंसेवक गरि ३० बढिको सहभागितामा सो सरसफाई गरिएको हो ।

आम नागरिकहरुलाई सरसफाईका बारेमा जनचेतना अभिबृद्धि गर्नका लागि सो सरसफाई गरिएको हो । सरसफाईमा गुरुद्धारा समितिका उपाध्यक्ष हरपाल सिंह, बासका महासचिव शिब कुमार बर्मा, कोषाध्यक्ष छबिलाल सुनार, सरसफाई अभियन्ताहरुको सहभागिता रहेको थियो ।

 

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech