सामाजिक सदभाव बारे अन्तरसम्बाद

असल शासन प्रतिनिधि

नेपालगञ्ज/सामाजिक सदभाव बारे अन्तरसम्बाद सम्पन्न भएको छ ।

दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत बैशाख ११ गते नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा उक्त सम्बाद गरिएको हो ।

सो कार्यक्रममा सामाजिक सद्भावका लागि भएका विभिन्न क्रियाकलाप तथा सामाजिक सदभावमा प्रभाव पार्ने सवाल बारे छलफल गरिएको थियो । अन्तर सम्बादमा क्रममा विभिन्न प्रकारका सवालहरुमाथि छलफल गरिएको छ । लक्ष्मणपुरमा भएको अन्तरसम्बादमा सामाजिक सद्भावको सुधारोन्मुख अवस्था देखिएको छलफलको क्रममा सहभागीले बताए ।

सम्बादमा प्रभावकारी सेवा प्रवाहमा नागरिकहरुको सहभागिता सुसुचित गरि शिक्षाको गुणस्तरका लागि निरन्तर अनुगमन गरिनु पर्ने स्थानीय सैयद कामित शाहले बताए ।

त्यसैगरि बैशाख १२ गते नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटा पनि सद्भावका लागि अन्तर सम्बाद गरिएको छ । कालाफाँटा सम्पन्न अन्तर सम्बादमा सामाजिक सदभावको अवस्था, सामाजिक सदभाव समितीको भूमिका बारे छलफल गरिएको थियो ।

स्थानिय सरकारको अवधारणा अनुुसार आ—आफ्ना क्षेत्रमा सेवा प्रवाह हुँदा नागरिकहरुमा सुशासन, सद्भाव र विकासको अनुभूति हुन लागेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech