नेपालगञ्जको वडानम्वर २ लाई वाईफाई फ्रि जोन बनाईने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अमेरिकी राजदुताबासको सहयोगमा अकाउन्टिविलिटी ल्याव र बासले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरर्गत स्थानीय नागरिक र जनप्रतिनिधि बिचको छलफल कार्यक्रम नेपालगञ्जको वडानम्वर २ मा बैशाख १३ गते सम्पन्न भएको छ ।

६ बुँद्धे प्रतिबद्धता व्यक्त गर्दै सो छलफल सम्पन्न भएको हो । दोहोरो छलफल पश्चात गरिएका प्रतिबद्धताहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २ लाई बाईफाई फ्रि जोन बनाउने, वडामा आवश्यकता र अवस्था अध्ययन गरि ३५ वटा धारा जडान गर्ने, डिजिटल सूचना बोर्ड वडामा राख्ने, बिकास टोलमा सडक र नाला तत्काल निर्माण सम्पन्न गर्ने, बुद्धटोलमा नाला र बाटो आगामी बर्षको योजनाबाट बनाउने, घरवारीटोलमा ओलम्पिक पार्क बनाउने रहेका छन् ।

१३० जना बढिको सहभागीता रहेको कार्यक्रममा वडाध्यक्ष सुनिल सिंह हमाल, वडा सचिव खेमराज सुवेदी, वडा सदस्यहरु शान्ति देबि परियार, आशा बिष्ट, राम कुमार बैश्य, ध्रुव दाहाल लगाएतले सहभागिका प्रश्नहरुको उत्तर दिएका थिए । सामुदायिक समन्वय अगुवाकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका बाँके जिल्ला संयोजक नमस्कार शाहले परियोजना र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

यसैगरि सोही दिन नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बासले जनगुनासो सुनुवाई बिषयक छलफल कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २ मा सम्पन्न भएको छ । कार्यक्रममा जनगुनासो, गुनासोका प्रकार, नेपालगञ्ज उपमहानगरपालिकाले अवलम्बन गरेको जनगुनासो निबारण संयन्त्र र हेल्प डेस्कबारे जानकारी गराईएको थियो ।

 

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech