मध्यरातमा पड्काईन्छ पटका

असल शासन प्रतिनिधि

कुरा बैशाख १२ गते रातीको हो । म सबै सुत्ने तर्खरमा थिएँं । रातीको ११ बजिसकेको थियो ।

एक्कासी पटका पड्केको आवाज आयो, कसैले कतै पड्कायो होला भन्ठानेर सुत्न खोजें, अहँ रोकिएन पटका पड्काउने क्रम । अनि बाहिर निस्केर कता पड्केको रहेछ भनेर हेर्दै जाँदा न्यूरोडमा रहेको कलपतरु होटेलको माथि पटका लगातार पड्किरहेको देखें ।

अस्वभाविक, लगातार ठूलो आवाजमा पटका पड्किन थालेपछि कसैलाई निन्द्रा लाग्ने कुरै भएन, सुतेका, नसुतेका सबै आआफ्नो छतमा निस्किन बाध्य भए । यति ठूलो आवाजमा यति धेरै पटकाहरु पड्काईयो कि ? त्यसको कुनै सिमानैं रहेन, न्यूरोड नजिकका घर थर्कि, गणेशपुर क्षेत्रका घरमा सतुेका बालबालिकाहरु तर्सिए, बिरामी, जेष्ठ नागरिकहरु उक्त आवाज सुनेर त्रसित बने ।

अति गर्नु, अत्याचार नगर्नु भन्छन्, मलाई अति भएर होटेलको नम्वर पत्ता लगाएर फोन गरि होटेलको प्रबन्धकसँग कुरा गरें । उनले भारतियको बिहे भएको, नपड्काउन भन्दा पनि पड्काएको गैर जिम्मेवार उक्तर दिँदै आज एकदिन सहनुस् भन्दै फोन काटिदिए ।

यस बारे प्रहरीलाई जानकारी गराउने प्रयास सफल हुन सकेन । यसरि अत्याधिक ध्वनी निस्किने गरि नेपाल सरकारलेनैं बर्जित गरेको पटका शहरको मध्यभागमा पड्काउनु कुनै पनि हालतमा शोभनिय कुरा होईन । यसरी आम नागरिकको मानव अधिकार हनन् हुने गरि आफ्नो आत्मरतिका लागि जे पायो त्यहि गर्ने अधिकार कसैलाई छैन । यस तर्फ सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ ।

– खेम बिष्ट

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech