गुनासो सुन्न जनप्रतिनिधिहरु घोसीटोलमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज वडानम्वर ४ का जनप्रतिनिधिहरु घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सनेका छन् ।

बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत शुरु गरेको घर आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा बैशाख १९ गते सहभागि भएर उनीहरुले स्थानीय नागरिकका गुनासो सुनेका हुन् ।

वडानम्वर ४ को घोसीटोलमा जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष मो. सफिक बेहना, वडा सदस्य मेनुका जोशी लगाएत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए । स्थानीयहरुले बिजुली बत्ति, नाला र सडकको समस्या भएको बताएका थिए । स्थानीयहरुले घोसि टोल देखि न्यूरोड जोड्ने सडक बिस्तार गर्नु पर्ने माग गरेका थिए । स्थानीयहरुले खानेपानीको धाराहरु सुकेको उल्लेख गर्दै तत्काल खानेपानीको व्यवस्था मिलाउन माग गरेका थिए ।

स्थानीयहरुको गुनासो सुन्दै वडाध्यक्ष मो. सफिक बेहनाले समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । परियोजना बारे समुदाय अगुवाई समन्वयकर्ता छबिलाल सुनारले स्थानीय स्तरमा फेला परेका तथ्यहरु बारे जानकारी गराएका थिए ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech