परसपुरमा जनगुनासो सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बासले जनगुनासो सुनुवाई सम्बन्धि छलफल कार्यक्रम नेपालगञ्ज वडानम्वर १७ परसपुरमा बैशाख १९ गते सम्पन्न भएको छ ।

गुनासो सुनुवाई तथा हेल्प डेस्क सञ्चालन एवं व्यवस्थापन कार्यक्रम अन्र्तगत सो कार्यक्रम गरिएको हो ।

५० बढिको सहभागिता रहेको सो कार्यक्रममा बासका सिएफए रबिन्द्र बोहराले गुनासो, गुनासो व्यवस्थापन, नेपालगञ्ज उपमहानगरपालिकाले अवलम्बन गरेको गुनासो प्रणाली बारे जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन बासकी सहजकर्ता बिन्दु बस्नेतले कार्यक्रम सञ्चालन गरेकि थिईन् ।

यसैगरी जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत लक्षित समुदायसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपालगञ्ज वडानम्वर १७ परसपुरमा सम्पन्न छलफलका सहभागिहरुले वडामा बनाईएका शौचालयहरु प्रयोगमा नआएको, वडाका बिभिन्न स्थानहरुमा डस्टबिन उपलब्ध गराईदिनु पर्ने, पशुहरु सडकमैं बाँध्ने कार्य तत्काल रोक्नु पर्ने माग गरेका थिए । कार्यक्रमको सहजिकरण बासका सिएफए रबिन्द्र बोहराले गरेका थिए ।

 

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech