नेपालगञ्ज स्वास्थ्य चौकीको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/चार बुँदे प्रतिबद्धता व्यक्त गर्दै नेपालगञ्ज स्वास्थ्यचौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र बासको सहजिकरणमा सो सामाजिक परीक्षण सम्पन्न भएको हो ।

सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा जारी गरिएका प्रतिबद्धताहरुमा गर्भवति तथा सुत्केरी आमाहरुलाई प्रोत्साहन हुने कार्यक्रम लागु गर्ने, स्वास्थ्य संस्थामा उपचार गर्न आउने सेवाग्राहिलाई प्रोत्साहनका लागि सूचकहरु तयार गरी सेवाग्राहिको प्रकृतिको आधारमा प्रतिब्यक्ति रु. ५० ब्यवस्थापनका लागि वडा कार्यालयले योजना तथा कार्यक्रम बनाउने, स्वास्थ्य संस्थामा आम नागरिकको पहुंच बढाउन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, स्वास्थ्य संस्थामा स्वस्थ खानेपानीको व्यवस्थापन गर्न उपमहानगरपालिकामा माग गर्ने रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष बुद्धि सागर सुवेदी, नगर स्वास्थ्य शाखाका प्रतिनिधि बिनोद कुमार बि.क., वडा सदस्य दिनेशराज पन्त, चन्द्रा चिडिमार लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्यचौकीको सेवा सुविधाको वारे प्रस्तुतिकरण स्वास्थ्य चौकी इन्चार्ज सिताराम चौधरीले गरेका थिए ।

 

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech