सरल स्वभावका जनप्रतिनिधि देबिलाल

असल शासन प्रतिनिधि

देबिलाल शर्मा खजुरा गाउँपालिका वडानम्वर २ सितापुरका वडाध्यक्ष हुन् । २०१८ साल माघ ९ गते बुवा पदमलाल र आमा पवित्राकोे कोखबाट सुर्खेतको गुमि लेकबेसिमा जन्मेका शर्मा ११ बर्षको हुँदा देखि सितापुरमा बसाई सराई गरेर आएका हुन् ।

कक्षा २ देखि कक्षा ७ सम्म शुक्र मा.बि. सितापुरमा अध्ययन गरेका शर्माले कक्षा ८ देखि एसएलसि सम्मको अध्ययन जनता मा.बि. खजुरामा गरेका
हुन् । २०४० सालमा एसएलसि गरेका शर्मा बिद्यार्थी काल देखिनैं अनेरास्ववियुमा आबद्ध रहेका थिए ।

१२ बर्षको हुँदा बुवा र २४ बर्षको हुँदा आमा गुमाएका शर्माले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हाँसिल गर्न सकेनन् । एसएलसि सम्मकै अध्ययन गर्नका लागि पनि उनले काम गर्दै पढ्नु पर्ने अवस्था थियो ।

२०४० साल पछि कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय रहेका शर्माले पूरै समय २०४५ साल देखि पार्टीको काममा लगाए । २०५१ सालमा नेकपा एमालेको सदस्यता पाएका उनले ३ अवधि पार्टीको गाउँ कमिटिको नेतृत्व सम्हाले ।

१० बर्ष सितापुरको अध्यक्ष भएर काम गरेका शर्माले स्थानीय निकाय जनप्रतिनिधि बिहिन भएको बेला बनेको दलिय संयन्त्रमा पार्टीको तर्फबाट प्रतिनिधि भएर काम गरे । ४ जना गाविस सचिव परिवर्तन भए, अरु पार्टीको प्रतिनिधि फेरिए तर उनी फेरिएनन् ।

आदर्श कृषक सहकारी संस्थाको १० बर्ष अध्यक्ष भएर काम गरेका उनले २०६७ सालमा सरकारबाट पशु पालनमा उत्कृष्ठ कृषक पुरस्कार प्राप्त गरेका थिए । कर्णालीका जिल्ला बाहेक धेरै जिल्लामा घुमेका शर्मालाई पार्टीबाट स्थानीय तहको निर्वाचनमा टिकट पाउनका लागि धेरै पापड बेल्नु परेन ।
४, ५ जना साथीहरुको ईच्छा भएपनि पार्टीबाट मैले सजिलै टिकट पाएँ—शर्माले भने—पार्टीले मेरो मुल्याँकन गर्यो । वडामा बसेर पार्टी चलाएका कारण पार्टीले टिकट दिएको उनको भनाई रहेको छ ।सरल, मिलनसार स्वभावका जनप्रतिनिधिको रुपमा पहिचान बनाएका शर्माले वडाध्यक्षमा निार्वचित भईसकेपछि सडक, बिजुली, शिक्षा र कृषिलाई प्राथमिकता दिएर काम गरेको बताउँछन् । उनका अनुसार, प्राथमिकता बमोजिम सडक निर्माणका काम तिब्र रुपमा अघि बढ्का छन् ।

बिजुलि सबै टोलमा पुर्याउनका लागि ६ वटा ट्रान्सफर्मर जडान गरिसकिएको छ, २ फेसलाई ४ फेस बनाईएको छ, खम्वा नभएका ठाउँमा खम्बा गाडिएको छ । बिजुली नपुगेको सि गाउँ नजिकै रहेको टोलमा बिजुली पुर्याउन लागिरहेको शर्माले बताए ।

गुणस्तरि शिक्षाका लागि अनुगमन गरिरहेको वडाले कृषिमा लगानी बढाउने योजना बनाएको छ । उनी अध्यक्ष भएपछि उनकै योजनामा पंचायतकाल देखि प्रजातन्त्र सम्मका २१ जना जनप्रतिनिधिहरुलाई बिशेष कार्यक्रम आयोजना गरि सम्मान गरियो ।

जसलाई गाउँलेहरुले सकारात्मक कामको रुपमा लिएकाछन् । सम्मानित जनप्रनिधिहरुले कार्यक्रममै खुसी भएर हर्षका आँशु खसाएको क्षण आफ्ना लागि अबिश्मरणिय भएको शर्माको भनाई रहेको छ ।

वडालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि मानखोला नजिक माछा तलाउ, बनभोज स्थलको निर्माण कार्य भईरहेको उनको भनाई छ । बाबास्थानमा चिल्ड्रेन पार्क निर्माण र लालिगुराँश माछापोखरीका लागि गाउँपालिकाले १०/१० लाख रकम बिनियोजन गरेको जानकारी शर्माले दिए । प्रायः कार्यालयमा भेटिने वडाध्यक्ष शर्मा निर्वाचित भएर आईसकेपछि कार्यालय व्यवस्थित गर्नुका साथै वडाको बिकास निर्माण लगाएतका बिषयमा सबै पार्टीको नेता, कार्यकर्ताहरुलाई बोलाएर छलफल गर्ने गरेको, लक्षित बर्ग उत्थानका कार्यहरु भईरहेको बताउँछन् ।

पहिला बर्ष २० जना र यस बर्ष २० जना गरि ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको शर्माको भनाई छ । वडालाई बालमैत्री स्थानीय शासन युक्त वडाको रुपमा घोषणा गर्न आवश्यक प्रकृया अघि बढाएको जानकारी शर्माले दिए । सबैलाई समेटेर शर्मा अघि बढ््न सकुन्, बिकास र परिवर्तनका कार्यमा अब्बल बनुनन् हाम्रो शुभकामना ।

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech