नेपालगञ्जमा सडक नाटक प्रर्दशन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बैशाख २५ गते नेपालगञ्जमा सडक नाटक प्रर्दशन गरिएको छ ।

डिभिजन बन कार्यालय, बाँकेको सहयोग र बासको आयोजनामा सो सडक नाटक प्रर्दशन गरिएको हो ।

नेपालगञ्जको त्रिभुवन चौकमा प्रर्दशन गरिएको नाटककोे समापन बन डिभिजन कार्यालय, बाँकेका प्रमुद मोहन श्रेष्ठले गरेका थिए । उनले सचेतना जगाउन सडक नाटक गरिएको बताए ।

फोहरलाई स्रोतमानैं बर्गिकरण गरि व्यवस्थापन गर्न जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले उक्त सडक नाटक प्रर्दशन गरिएको हो ।

सडक नाटकमा रबिन्द्र बोहरा, अञ्जना चुतुर्वेदी, शोभा थापा मगर, निशा श्रेष्ठ, राजेन्द्र बिष्ट, सपना परियार, देवा बहादुर क्षेत्री, सल्मान सल्मानी र साहबुद्धिन हल्वाईले अभिनय गरेका थिए ।

सडक नाटकमा २०० बढिले अवलोकन गरेका थिए । सो कार्यक्रमको सञ्चालन बासका महासचिव शिब कुमार बर्माले गरेका थिए ।

यसैगरी बासले सार्वजनिक स्थल, गाउँ नगर सरसफाई कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्र्तगत बैशाख २१ गते कोहलपुरको चप्परगौडीमा सरसफाई गरिएको थियो ।

बासका पदाधिकारी, स्वयंसेवक गरि २० बढिको सहभागितामा सो सरसफाई गरिएको हो । आम नागरिकहरुलाई सरसफाईका बारेमा जनचेतना अभिबृद्धि गर्नका लागि सो सरसफाई गरिएको हो ।

 

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech