रनियापुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

खजुरा /खजुरा गाँउपालिका–८ रनियापुरमा रहेको रनियापुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न भएको छ । खजुरा गाँउपालिकाको आयोजना र बास नेपालगञ्जको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।

कार्यक्रममा सहजिकरण बासका कोषाध्यक्ष छविलाल सुनारले गरेका थिए भने स्वास्थ्य संस्थाले दिने सेवा तथा सुविधा, सेवा प्रकार, अवस्था र आर्थिक तथा प्रगति प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख भुपेश कुमार खत्रीले प्रस्तुत गरेका थिए ।

खुल्ला छलफलमा बोल्दै सहभागिहरुले स्वास्थ्य सेवाको गुणस्तरियता प्रभावकारी बनाउनुपर्ने, औषधीकोे व्यवस्था गर्नुपर्ने, ल्याबको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य चौकीको कम्पाण्डवाल निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा ६० बढिको सहभागिता थियो ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech