टोल-टोलमा जनप्रतिनिधि

असल शासन प्रतिनिधि

नेपालगञ्ज /नेपालगञ्ज वडानम्वर १० का जनप्रतिनिधिहरु टोल—टोलमा गई स्थानीय नागरिकहरुका गुनासो सुन्न थालेका छन् ।

बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत शुरु गरेको घर आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा सहभागि भएर उनीहरु स्थानीय नागरिकका गुनासो सुन्न थालेका हुन् ।

सोही क्रममा वडानम्वर १० को जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष बिन्दु भुषण बस्नेत, वडा सदस्य नर बहादुर बिष्ट लगाएत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए । स्थानीय श्याम बहादुर के. सि.ले शितलनगर टोलका लागि बजेट नछुट्याएको गुनासो गरेका थिए भने शितलनगर जाने भित्रि रोडको प्रवेशद्वार साँगुरो भएको जसका कारण दुर्घटना हुने बढि सम्भावना रहेको स्थानीयले गुनासो गरेका थिए । स्थानीयहरुले शितल नगरको भित्रि बाटोमा ग्राबेल नहुँदा बर्षातमा डुवान हुन सक्ने बताएका थिए ।

स्थानीयहरुको गुनासोलाई सम्बोधन गर्दै वडाध्यक्ष बस्नेतले शितल नगरको भित्रि बाटोमा ग्राबेल हाल्ने प्रतिबद्धता जनाएका थिए । वाटिका होटलको फोहोर व्यवस्थापन र शितलनगरको प्रवेश बाटो लागि नेपालगञ्ज उपमहाननगरपालिकामा डिलिगेशन जाने सहमति सो कार्यक्रममा भएको थियो ।

समुदाय अगुवाई समन्वयकर्ता शोभा थापा मगरले स्थानीय स्तरमा फेला परेका तथ्यहरु बारे जानकारी गराएका थिईन् ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech