अन्जु न्यौपानेको कोहलपुरमा ‘मोड’

असल शासन प्रतिनिधि

कोहलपुर/सामाजिक अभियन्ता अन्जु न्यौपानेको पहिलो कृति ‘मोड’ उपन्यास बिमोचन गरिएको छ ।

कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स समेत रहेकी न्यौपानेको उपन्यास शनिबार बाँकेको कोहलपुरमा आयोजित कार्यक्रम बिमोचन गरिएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा मदन पुरस्कार बिजेता रामलाल जोसीले ‘मोड’ उपन्यासको बिमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मदन पुरस्कार बिजेता रामलाल जोशीले नेपाली साहित्य क्षेत्रमा महिला प्रतिभाहरु पछ्रिल्लो समय सशक्त रुपमा अघि आएको बताए ।

उनले साहित्य मार्फत सामाजिक बिषय बस्तुको उठान गर्न सबै साहित्यकारहरुलाई अनुरोध गरे ।

न्यौपानेद्वारा लिखित उपन्यास ‘मोड’ले सामाजिक पक्षलाई आत्मासाथ गरेको बताउँदै जीवन रुपान्तरणमा ‘मोड’ उपन्यास सफल हुने विश्वास व्यक्त गरे ।

‘मोड’ उपन्यासकी लेखक अन्जु न्यौपानले साहित्य रचना गर्न कठिन विषय भएको बताउँदै विभिन्न चुनौतिका बिच ‘मोड’ उपन्यास प्रकाशन गर्न सफल भएको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सेना, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका नेपाली विभाग प्रमुख पुस्करनाथ रिजाल, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, पूर्व अध्यक्ष सागर गैरेले न्यौपानेद्वारा लिखित ‘मोड’ उपन्यासको बारे चर्चा गरेका थिए ।

कार्यक्रममा आख्यानकार सनत रेग्मीले पछिल्लो पुस्ताका साहित्यकारहरु सिर्जनशिल भएको बताउँदै नवोदित साहित्यकारहरुलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । सो कार्यक्रममा रचना बाचन समेत गरिएको थियो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम कथाकार सुमित्रा न्यौपानेले सञ्चालन गरेकी थिईन् ।

 

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech