श्रीमानद्वारा श्रीमतीको हत्या !

असल शासन प्रतिनिधि

नेपालगन्ज/पछिल्लो समय घरेलु हिँसाहरु चरम रुपमा बढिरहेका छन् । हिँसाजन्य घटना देखि हत्या सम्मका घटनाहरु लगतार घटिरहेका छन् । पछिल्लो समय बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी राममनोहर कुर्मीले आफ्नी श्रीमती निरादेवी कुर्मीको हत्या गरेको आरोप लागेको छ ।

नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलननैं गरि निरादेवीका माईती पक्षले श्रीमानबाट हत्या भएको आरोप लगाएकोछ । जेठ २ गते करिब ४ बजे निरादेवी आफ्नै घरमा आफ्नो धोतीको पासोमा झुण्डिएको अवस्थामा भेटिएकी थिईन् ।

मृतकका बुवा राधेश्याम कुर्मीका अनुसार, प्रहरीले घटना स्थलमा खिचेको तस्विरमा आत्महत्या भनिएको छोरीकोे उल्टोमुखी फाँसी लगाईएकोछ ।

छोरीलाई ज्वाईं र उनको परिवार मिलेर मारि झुण्ड्याएको उनको दावि छ । वर्ष २१ की निरादेविको राममनोहरसंग २०७२ बैशाखमा विवाह भएको थियो । उनको माईती द्धर जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुर हो । विवाह भएसगै उनीहरु बिचदाईजोको विषयमा खटपट भईरहेको थियो । दाईजो कम ल्याएको बिषयमा पटक, पटक निरादवीलाई कुट्ने गरेको पीडित माईती पक्षको भनाई रहेको छ ।

छोरीको गुनासो बमोजिम माईती पक्षले प्रहरीको महिला तथा बालबालिका सेलमा बैशाख १७ गते निवेदन दिएका थिए । सेलले बैशाख २३ गते दुवैपक्षलाई राखेर मिलापत्र गराईदिएको बताईन्छ । तर सो मिलापत्र कागजमा मात्र सिमित र्हयो, व्यवहारमा लागु भएन र अन्ततः मिलापत्र भएको एक हप्ता पछि उनको मृत्युनैं भयो । घर पक्षकाले निरादेवीको आत्महत्या भएको बताईरहेता पनि माईती पक्षले छोरीकोे आत्महत्या नभई हत्या भएको बताईरहेका छन् ।

बुवा राधेश्याम कुर्मीले आफुहरु अन्यायमा परेको उल्लेख गर्दै सम्बन्धित निकायसँग न्यायको माग गर्दै दोषिलाई हदै सम्मको कार्वाही हुनुपर्ने बताएका छन् ।

मृतक निरादेवीकी आमा सरवन कुमारी कुर्मी बर्माले गरिव परिवारको भएता पनि ७ लाख खर्च गरि छोरीको बिबाह गरेको उल्लेख गर्दै दाईजो धेरै दिन नसकेकै कारण छोरीको हत्या भएको बताईन् । उनले हत्यारालाई कार्वाहीको माग गरिन् ।

पीडित माईती पक्षले छोरीको हत्या भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेमा किटानी जाहेरी दर्ता गराएका छन् । प्रहरीले निरादेविका श्रीमान राममनोहर कुर्मीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको बास्तविकता पत्ता लगाई दोषिलाई कानुनी कठघरामा उभ्याउनका लागि सम्वन्धित निकाय गम्भिर बन्न जरुरी छ ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech