नेपालगञ्ज र कोहलपुरमा ह्याप्पिनेस कार्यक्रम हुने

असल शासन प्रतिनिधि

बाँके/स्वस्थ शरीर, शान्त मन र सुखी जीवन भन्ने नाराका साथ बाँकेको नेपालगञ्ज र कोहलपुरमा ह्याप्पिनेस कार्यक्रम हुने भएको छ ।

द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेको प्रमुख प्रशिक्षणमा उक्त कार्यक्रम हुने भएको हो ।

जेष्ठ २० गते देखि बाँकेको नेपालगञ्जमा बिहान र कोहलपुरमा बेलुकी उक्त कार्यक्रम गर्ने गरि तयारी गरिएको तयारी समितिले जनाएको छ ।
योग, ध्यान र उत्प्रेरणाका माध्यमबाट तनाव व्यवस्थापन गर्न उत्प्रेरित गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दुबै स्थानमा सम्पन्न हुने कार्यक्रमको तयारीका लागि दिला शाहको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । गठित समितिमा नमस्कार शाह, कमल शाही, लुना बुढाथोकी, खेम बिष्ट, अस्मिता पुन मगर र ममता थापा सदस्य रहेका छन् ।
समितिले कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech