सुरक्षित बैदेशिक रोजगारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज /बैदेशिक रोजगारमा जाँदा सचेतना नअपनाउँदा बिभिन्न किसिमका सास्तिहरु नेपाली युवाहरुले भोगिरहेको सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १९ ले सुरक्षित बैदेशिक रोजगारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बास र अकाउण्टबिलिटि नेपालको आयोजनामा जेष्ठ १७ गते सम्पन्न सुरक्षित बैदेशिक रोजगार बिषयक जनप्रतिनिधि र स्थानीय नागरिकहरु बिच छलफल कार्यक्रममा उक्त जानकारी दिईएको हो ।

छलफलमा वडा सदस्य बफाती बेहनाले बैदेशिक रोजगारमा जानुपूर्ब अपनाउनु पर्ने प्रकृयाका बारेमा जनचेतना अभिबृद्धि गर्नका लागि आगामी बजेटबाट एक लाख रकम बजेटछ बिनियोजन गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा उक्त जानकारीसँगै बैदेशिक रोजगारबाट फर्केकाहरुको समूहलाई संस्थागत बिकास गर्न सहयोग गर्ने, बैदेशिक रोजगारबाट फर्केकाहरुको समूहबाट आयआर्जनका लागि प्रश्तावना पेश भएमा वडाबाट सहयोग गर्ने र बैदेशिक रोजगारबाट फर्केका महिलाहरुका लागि मसला बनाउने तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धतामा वडाध्यक्ष परसराम कुर्मी, वडा सदस्य बफाती बेहना, वडा सदस्य नन्को धोवीले हस्ताक्षर गरेका छन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका युवाहरुले आफ्नो अनुभव सुनाएका थिए । अनुभव सुनाउने अधिकाँश युवाहरुले बैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले १ लाख ५० हजार रकम असुल गरि ८० हजार मात्र बुझाएको भनि भर्पाईमा हस्ताक्षर गराउने गरेको, बिदेश उड्नु एक घण्टा अघि मात्र हवाईजहाजको टिकट दिने गरेको, एउटा काममा भनेर अर्कै काममा पठाउने गरेको गुनासो गरेका थिए । बैदेशिक रोजगारबाट फर्केका स्थानीय सिताराम लोहार, हरिराम गुप्ता, सन्दिप बर्मा, तबारक अलि नाउ लगाएतले बिदेशमा जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेको, भने जस्तो काम नपाउने गरेको, म्यानपावरका एजेण्टहरुले ठग्ने गरेको बताएका थिए ।

कार्यक्रममा स्वागत समुदाय अगुवा सहजकर्ता सिन्धु धर्कत्वाले गरेकि थिईन् ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech