संसारलाई मुर्ख बनाउन चाहने हो भने सत्य बोल -बास्कोटा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा हरेक शुक्रवार सञ्चालन भईरहेको ईन्सपाईरिङ्ग युथको १३७ औं श्रृंखला जेष्ठ १८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले उत्प्रेरणात्मक प्रचवन दिएका थिए ।

कार्यक्रममा बोल्दै बास्कोटाले मैले के पाए होइन, मैले के दिन सके ?, यो गरेर मलाई के फाइदा होईन, यो गरेर मलाई के बेफाइदा भनेर सोच्दै अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सोच बिकास गर्न सबै युवाहरुलाई अनुरोध गरे ।

लिंकनको जस्तो बिनम्रता, कन्फ्युसियसले भनेझै जिब्रोको लालित्यता, लालबहादुर शास्त्रीको जस्तो ईमान्दारिता, चाणक्यले बत्ती निभाएर देखाएको जस्तो उच्च नैतिकता सबैमा हुनुपर्ने उनले बताए ।

आफुनै पहिला सुध्रिएर मात्र उपदेश दिन सकिने उल्लेख गर्दै उनले आफु मरेर पनि अरुलाई बचाउने डा. हेनी गायन जस्तो हुन सकिए जीवन अर्थपूर्ण हुने बताए ।
मान्छेका बारेमा कम र विचारका बारेमा बढि जिज्ञासु बन्न सुझाउँदै बास्कोटाले संसारलाई मुर्ख बनाउन चाहने हो भने सत्य बोल्नु पर्ने बताए । उत्प्रेरक बक्ताको छबि बनाएका बास्कोटले खुट्टामा जुत्ता छैन भनेर दुखी नहुन आग्रह गर्दै खुट्टै नहुनेहरुपनि खुसी भएर बाँचेको उल्लेख गरे ।

कसैबाट सहयोगको अपेक्षा गर्नुपूर्ब उसलाई सहयोग पुर्याउनु पर्ने भन्दै अर्काबाट आफ्नो ईच्छा पूरा गराउन पहिला उसकै ईच्छा बुझेर सो ईच्छा पूरा गरिदिन जरुरी रहेको बताए ।

दिन हिचकिचाउनु र लिन ईच्छुक हुनु राम्रो होईन —बास्कोटाले भने—आदर चाहनेले सर्बप्रथम अर्कालाई आदर गरौं । अर्थात् अर्काको ठांउमा बसेर सोच्ने गरौं ।

इमान्दारिता बिनाको ज्ञान कमजोर र व्यर्थ हुन्छ । ज्ञान बिनाको इमान्दारिता खतरनाक र भयानक हुन्छ—उनले भने—अध्यारोले अध्यारो धपाउन सक्दैन, प्रकाशले सक्छ । घृणले घृणा धपाउन सक्दैन, प्रेमले सक्छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा १०० बढि युवाहरुको सहभागिता रहेको थियो ।

२०७३ जेष्ठ १ गते देखि साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिङ्ग युथ कार्यक्रममा बादबिबाद, उत्प्रेरणात्मक प्रवचन, सफलताको कथा बाचन, नेतृत्व बिकास, अनुभव आदान, प्रदान लगाएतका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech