जनप्रतिनिधिहरु घर आगमनमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज वडानम्वर २० का जनप्रतिनिधिहरुले घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सुनेका छन् ।

बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत शुरु गरेको जनताको आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा जेष्ठ २२ गते सहभागि भएर उनीहरुले स्थानीय नागरिकका गुनासो सुनेका हुन् ।

वडानम्वर २० को नटनपुरवामा जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष कृष्ण बहादुर कार्की लगाएत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए ।

कार्यक्रममा स्थानीयहरुले बाटो, नाला, धारा, बत्तीको समस्या भएको थिए । सहभागि महिलाहरुले सिपमूलक तालिमको माग गरेका थिए । नटनपुरुवाको गल्लिको बाटो साँघुरो र बर्षातमा हिलाम्य हुने भएकाले सडक निर्माढण गरिदिन जनप्रतिनिधिहरुसँग माग गरेका थिए ।
स्थानीयहरुको गुनासो सुन्दै वडाध्यक्ष कृष्ण बहादुर कार्कीले गुनासो समाधानका लागि पहल गर्ने बताएका थिए ।

परियोजना बारे समुदाय अगुवाई समन्वयकर्ता शोभा थापा मगरले स्थानीय स्तरमा फेला परेका तथ्यहरु बारे जानकारी गराएका थिए भने कार्यक्रमको उद्धेश्य बारे परियोजना संयोजक नमस्कार शाहले प्रकाश पारेका थिए ।

  • २० जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech