आगलागी पीडितहरुलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालगञ्ज र सद्भाव राष्ट्रिय दैनिकको आयोजनामा नरैनापुर गाउँपालिकाको वडानम्वर १ कट्कुईयाँका आगलागी पीडितहरुलाई जेष्ठ २१ गते राहत सामाग्रि प्रदान गरिएको छ ।

जेष्ठ १९ गते आईतवार दिउसो आगलागी भएर नरैनापुर गाउँपालिकाको वडानम्वर १ कट्कुईयाँका १५ घर पूर्ण रुपमा नष्ट भएका थिए । उक्त घरका परिवारहरुलाई  खाद्यान्न समााग्रि सहयोग गरिएको हो ।

एचसीआरसी हस्पिटल, मन्टेश्वरी एशोसियसन बाँके, गणपति प्लाष्टिक इन्डस्ट्रिज, डा. नितेश कनोडिया, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेको सहकार्य, नरैनापुर गाउँपालिकाको सहकार्यमा उक्त सहयोग प्रदान गरिएको हो ।

आगलागि पीडित १५ घरधुरीलाई एक/एक थान त्रिपाल, २५/२५ किलो चामल, तेल र नुन लगाएतका अत्यावश्यक सामाग्रीहरु प्रदान गरिएको छ ।

सहयोग प्रदान गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै अत्यन्त आवश्यक परेको समयमा प्रदान गरिएको उक्त सहयोगले ठूलो राहत पीडितहरुलाई प्राप्त भएको विचार ब्यक्त गरे । उनले पीडितहरुको सहयोगका लागि आवश्यक पहल भईरहेको वताए । विपदका वेला सबैबाट सहयोग हुनुपर्ने उनले बताए । बासका अध्यक्ष रमेश सिटौलाले आगलागी पीडितहरुलाई साथ दिन आफुहरु अग्रसर रहेको बताए ।

कार्यक्रम बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेका थिए । सहयोग प्राप्त गरेपछि प्रतिकृया दिँदै आगलागी पीडित राधेश्याम यादव र अव्दुल रहिश खाँले खुसी प्रकट गरे र भने—तत्कालको सहयोगले ठूलो अर्थ राख्छ ।

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech