खेलकुद बिकास समितिसँग बिभिन्न बिषयमा सूचना माग

असल शासन प्रतिनिधि

मध्यपश्चिम क्षेत्रिय खेलकुद बिकास समिति (खेलकुद बिकास समिति, प्रदेश नम्वर ५) सँग बिभिन्न बिषयमा सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज–१२ का नमस्कार शाह, नेपालगञ्ज–१ का हेमराज भट्ट, मन भण्डारी र शुद्ध चौधरीले संयुक्त रुपमा जेष्ठ २१ गते सूचना माग गरेका हुन् ।

सूचना मागकर्ताहरुले क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण गरेको पुर्वाधार, कामको विवरण, उपभोक्ता समितिहरु गठन भएको मिति र समितिमा रहेका पदाधिकारीहरुको नामावली, उपभोक्ता समितीले प्रयोग गरेको सेवा, सुविधाको बिबरण माग गरेका छन् ।
माग गरिएका अन्य सूचनाहरुमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल सरकारले खर्च गरेको रकम विवरण, आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ को आयोजनामा भएका क्षेत्रीय छनोट प्रतियोगितामा खर्च भएको रकम, सबै खेलमा खर्च भएको रकम बिबरण, बन्द प्रशिक्षणमा खर्च भएको रकमको बिबरण रहेका छन् ।

यसैगरी आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर ५ को टोलीबाट सहभागि भएका खेलाडी, अफिसियल, प्रशिक्षक, निर्णायकहरुको बिबरण, सहभागी भएका खेलाडी, प्रशिक्षक, व्यवस्थापकले पाएको भत्ता बारेको जानकारीका साथै भत्ता प्राप्त गर्ने खेलाडी, अफिसियल, निर्णायक, ब्यवस्थापकको नामावली माग गरिएको छ ।

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech