वडा नम्वर २० मा नागरिक सहायता कक्ष

असल शासन प्रतिनिधि

नेपालगञ्ज /नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० को कार्यालयमा नागरिक सहायता कक्षको उद्घाटन भएको छ ।

वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि नागरिक सहायता कक्ष (हेल्प डेस्क) जेष्ठ २२ गते स्थापना गरिएको हो । वडा कार्यालय र बास नेपालगञ्जको साझेदारीमा उक्त हेल्प डेस्क स्थापना भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नम्बर वडा कार्यालय नेपालगञ्ज उपमहानगरपालि भित्र नागरिक सहायता कक्ष स्थापना पहिलो वडा हो ।
वडाध्यक्ष कृष्ण बहादुर कार्कीले एक कार्यक्रमका बिचमा हेल्प डेस्क उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै अध्यक्ष कार्कीले नागरिकहरुलाई सहायता प्रदान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको बताए ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले वडामा आएका नागरिकहरुलाई सहायता प्रदान गर्न, सूचना प्रबाह गर्न र गुनासो सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको बताए ।

कार्यक्रममा वडा सदस्य चक्र बहादुर वुढा, तुल्सी सुनार, जय जनता माविका प्रधानाध्यापक राम बहादुर पाण्डे, प्रहरी चौकि ईन्चार्ज भिम बहादुर खड्का, उइनरककी कमला पन्त, नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालवालिका शाखाका आशा शाही, माईती नेपालका केशव कोईराला, नेपालगञ्ज उपमहानगरपालिकाकी नागरिक सहायता कक्ष सहजकर्ता नविना घर्तिमगर लगाएतकोे सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन बासका कोषाध्यक्ष छविलाल सुनारले गरेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता थियो ।

  • २२ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech