कोटहिमाईमा सूचनाको हकका लागि युवा सञ्जाल

असल शासन प्रतिनिधि

रुपन्देही/रुपन्देहीको कोटहिमाई गाउँपालिकाको वडानम्वर २ मा सूचनाको हकका लागि युवा सञ्जाल जेष्ठ २२ गते गठन भएको छ ।

युएनडिपिको सहयोगमा बासद्धारा रुपन्देहीमा सञ्चालित दिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजनाको पहलमा सो सञ्जाल गठन भएको हो ।

सूचनाको हक प्रबद्र्धनका लागि युवाहरुलाई सँगठित गर्ने उद्धेश्यले उक्त समिति गठन गरिएको हो ।

समितिको संयोजकमा दिन दयाा बढाही चयन भएका छन् भने सहसंयोजकमा सुरेश कुमार यादव, सदस्य सचिवमा सन्दिप कुमार बढही चयन भएका छन् ।

सदस्यहरुमा गौरी शंकर यादव, सुरेमण यादव, रेखा कुर्मी, सीता मल्ल, पुष्पा बराई, रेखा बाराई, माहुल यादव चयन भएका छन् । सञ्जाल गठन हुनु पूर्ब बासकी कार्यक्रम संयोजक बिजया खत्रीले सूचनाको हकको महत्व, युवा सञ्जालको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिएकि थिईन् भने कार्यक्रम सहायक सर्बेश लोहारले स्वागत गरेका थिए ।

  • २२ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech