युवासँग नेपालगञ्जका मेयर

असल शासन प्रतिनिधि

नेपालगञ्ज /बिगत तीन बर्ष देखि साप्ताहिक रुपमा सञ्चालन भईरहेको ईन्सपाईरिंग युथ कार्यक्रमको १३८ औं श्रृंखला जेष्ठ २४ गते सम्पन्न भएको छ ।

बासद्धारा साप्ताहिक रुपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा अतिथीको रुपमा सहभागि भएका थिए ।

पहिलो हप्ता बादबिबाद, दोश्रो हप्ता उत्प्रेरणात्मक प्रवचन, तेस्रो हप्ता सफलताको कथा, चौथो हप्ता नेतृत्व बिकास सम्वन्धि कक्षा सञ्चालन गर्दै आएको बासले पाक्षिक रुपमा युवासँग मेयर कार्यक्रम शुरु गरेको छ ।

हरेक १५ दिनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख खुला सरकारका लागि युवाहरुसँग साक्षात्कार गर्नका लागि उपस्थित हुने भएका छन् ।

पहिलो कार्यक्रममा मेयर राणाले युवाहरुसँग साक्षात्कार गरेका छन् । युवाहरुका सवाल सम्बोधन गर्दै राणाले पिछडिएका छात्राहरुका लागि छात्रा स्कुल सञ्चालन गरिएको जानकारी गराउँदै छात्रा क्याम्पस सञ्चालनको तयारी भईरहेको बताए ।

व्यवसाय, उद्यम गर्न चाहने युवाहरुका लागि बिना धितो दुई लाख ऋण दिने व्यवस्था गरिएको जानकारी दिदै नगर प्रमुख राणाले युवाहरुलाई उद्यम तर्फ लाग्न उत्प्रेरित गर्नका लागि प्राविधिक, सिपमूलक तालिम सञ्चालन भईरहेको बताए ।

उनले लागु औषध बिरुद्ध हरेक बर्ष उपमहानगरबाट बजेट बिनियोजन भई बिभिन्न कार्यहरु भईरहेको बताए । उनले अब हुने योजना तर्जुमा प्रकृयामा युवाहरुको सहभागिता सुनिश्चित हुने बताए । उनले कार्यकालका दुई बर्ष बिकास निर्माणमा काम लक्षित गरेको उल्लेख गर्दै अव सामाजिक कार्यमा ध्यान केन्द्रित गर्ने बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा छबिलाल सुनार, शर्मिला थापा, हेमराज भट्ट, शोभा थापा मगर, जस्मिन शाह, अभिराज क्षेत्री, अस्मिता बुढा, सुसिला चौधरी, गान्धवि चौधरी, लक्ष्मी खड्का, मुना बिष्ट, लोक बहादुर घर्ती, मेनका शाही, बन्दना तिमिल्सिना लगाएतले प्रश्न गरेका थिए । कार्यक्रममा ६० जना सहभागि थिए ।

  • २४ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech