सुरक्षित मातृत्व सेवा प्रभावकारी हुनुपर्ने

असल शासन प्रतिनिधि

बाँके/स्वास्थ्य चौकीबाट प्रवाह हुने निशुल्क सुरक्षित मातृत्व सेवा प्रभावकारी हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

खजुरा गाउँपालिका बाँकेको आयोजना तथा बास नेपालगञ्जको सहजिकरणमा जेष्ठ २४ गते सम्पन्न राधापुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले स्वास्थ्य संस्थामा निशुल्क प्रसुती सेवा लिने ब्यक्तिहरुको संख्या पछिल्लो समय घट्दै गएको र बाहिर गएर सुत्केरी हुने गरेको बताए ।

सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पुर्ण बहादुर खड्काले स्वास्थ्य सेवा सुधारका लागि सबै सरोकारवाला निकाय तथा ब्यक्तिहरु लागनुपर्ने बताए । स्वास्थ्य सेवा सबैको सरोकारको विषय भएको बताउदै खड्काले स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिका लागि परेको बताए ।

कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष दिपा बिश्वकर्माले स्वास्थ्य सेवाको लागि आब्यश्यक ब्यवस्थापनका लागि पछि नहट्ने बताउदै चुस्त दुरुस्त सेवा सुविधा प्रवाह गर्न स्वास्थ्यकर्मिहरुको ध्यान जानुपर्ने बताईन् । कुनै पनि कार्यक्रम तथा सेवाको सामाजिक परीक्षण गर्नुले सामाजिक जवाफदेहिता प्रबद्र्धन हुने भन्दै यस्ता कार्यक्रम नियमित रुपमा हुनपर्ने उन्को भनाइ थियो ।

सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि ५ बुँदे कार्ययोजना घोषण गरिएको छ । व्यक्त गरिएका कार्ययोजनाहरुमा सुरक्षित मातृत्व कार्यक्रमको प्रगती बढाउने, गर्भवति र सुत्केरी आमाहरुका लागि तालिमको ब्यवस्थापन गर्ने, प्रसुती कक्षका लागि आवश्यक पर्ने वेड तथा अन्य सामाग्री माग गर्ने, स्वास्थ्य चौकीमा गुनासो तथा सुझाब पेटिका राख्ने, अत्याव्यश्यक औषधीको अभाव हुन नदिने रहेका छन् ।

स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष दिपा बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिक्षण सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेका थिए भने स्वास्थ्यचौकीका ईन्चार्ज देव नारायण उपाध्यायले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा तथा कार्यक्रम बारे जानकारी गराएका थिए ।

  • २४ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech