सवलताको पहिचान गरेर अघि बढौं, देश आफै बन्छ – प्रसाईं

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ INSPIRING YOUTH कार्यक्रमको तेश्रो बार्षिकोत्सवको अवसरमा असार ३२ गते बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

तेश्रो बार्षिकोत्सवको अवसरमा १३९ औं श्रृंखला बिशेष रुपमा सम्पन्न भएको बासले जनाएको छ ।

४०० बढि युवाहरुको सहभागिता रहेकोे उक्त बिशेष कार्यक्रममा युवा उत्प्रेरक रमेश प्रसाईंले उत्प्रेरणात्मक प्रबचन दिएका थिए । पब्लिक स्पिकर सिजन २ का बिजेता धरान निवासी प्रसाई पहिलो पटक नेपालगञ्ज आएका हुन् ।

प्रसाईंले उत्प्रेरणात्मक मन्तव्य दिँदै सहभागिहरुलाई उत्प्रेरित गरेका थिए ।

उनले आफ्नो मन्तव्यको पहिलो चरणमा आफ्नो अनुभव सुनाएका थिए । फरक क्षमता भएर जन्मिदा आफुले भोगेको सास्तिका बारेमा बोलेका उनले दृष्टिबिहिन भनेर समाजले आफलाई गरेको अपहेलनाको शिकार आफु बन्दा समेत हरेश नखाई अघि बढेको बताए ।

म आफु रमेश प्रसाई भनेर चिनिन चाहन्थें तर समाज मलाई दृष्टिबिहिन भनेर चिनाउन चाहन्थ्यो —उनले भने — म सानैं देखि बोल्नमा अव्वल थिएँ, धेरै प्रतियोगिताहरुमा भाग लिँदा मलाई मञ्चमा दृष्टिबिहिन भनेर बोलाईन्थ्यो ।

उनले थपे— एउटा कार्यक्रमको उद्घोषकले आफुलाई दृष्टिबिहिन रमेश प्रसाईलाई मञ्चमा आमन्त्रण गर्दछुँ भन्दा व्यँग्य गरेर आफुले धन्यवाद दृष्टि सम्पन्न उद्घोषकज्यू भनेर भनिदिएँ ।

अपाँगता भन्ने शव्द प्रतिनैं आपत्ति छ—प्रसाईंले भने—केही न केही सबैमा सवलता र दुर्वलता हुन्छ । दुर्वलताका पछि लागेर समाज समृद्ध बन्दैन । म कुनै कारणले होईन आफ्नो नामले चिनिन चाहन्थें —उनले भने —समस्या नभएको मान्छे को छ र ?, समस्यासँग जुधेर अघि बढ्ने हो । म समस्यासँग जुधेर अघि बढें र यहाँसम्म पूगेँ ।

सबै बिरक्त हुने मात्र कुरा गर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफु अस्तित्वको खोजीमा भईरहेको बेला नरेन्द्र मोदि नेपाल आउँदा साथीको आग्रहमा फेसबुकमा बोलेपछि ७ लाख व्यक्तिले हेरेको, त्यहिँबाट आफु अघि आएको उनले बताए ।

नामले चिनिने धोको पूरा हुँदै गएको उल्लेख गर्दैे पूर्बको रमेश प्रसाईं सुदुर मध्यको नेपालगञ्ज आईपूगेको उनले बताए । म आफ्नो दुर्बलताका पछि लागेको भए यो स्थानमा पूग्ने थिईन, म मा भएको सवलताको पछि लागेर यहाँ पूगें । उनले भने—सबै आफ्नो सवलताको पहिचान गरेर अघि बढौं, देश आफै बन्छ ।

बिउको जात थाहा नपाएको मान्छे कृषि मन्त्रि हुन्छ, ज्वरोको औषधि थाहा नभएको मान्छे स्वास्थ्य मन्त्री हुन्छ, जनताको कुरा नबुझ्ने मान्छे जनप्रतिनिधि बन्छ अनि कसरी देश बन्छ ? बर्तमान अवस्था प्रति उनको कटाक्ष थियो ।

राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर बोल्दै आएका प्रसाईंले राष्ट्रियताका बारेमा उदाहरण दिदै भने —कञ्चनपुरकी एक अवला नारी माथि गाडीको खलासीले भकुर्दा जसको मन दुःख्यो, घोडाघोडीमा महिला चुटिँदा जसको आत्मा पोल्यो हो त्यहि व्यक्ति हो राष्ट्रवादी । तर त्यहिँ भएकाहरुको मन दुःखेन, फोटो खिच्न भ्याए, फेसबुकमा हाल्न भ्याय, भिडियो खिच्न भ्याए तर छुट्याउन सकेनन्, बचाउन सकेनन् ति हुने राष्ट्रघाती ।

ईञ्जिनियरले सहि नक्शा पास गरिदियो, शिक्षकले सहि तरिकाले पढायो, डाक्टरले सहि तरिकाले चेक गरिदियो भने देश आफै बन्छ—उनले भने—जिम्मेवारी ईमान्दारितापूर्बक निर्बाह गरेमा सुशासन त्यहिँबाट शुरु हुन्छ ।

तराई र पहाड बिचको सद्भावको केन्द्र बिन्दु नेपालगञ्ज रहेको उल्लेख गर्दै उनले यो भावना सधै रहिरहनुपर्ने बताए ।

भ्रष्टाचार बढ्नुमा सबै जिम्मेवार रहेको उल्लेख गर्दै घर वरपरि कसले कति खर्च गर्यो भनेर चाँसो नदिने, आफुले मत दिएर जिताएका आफ्ना जनप्रतिनिधिलाई के काम गर्नु भयो भनेर सोध्न नसक्ने सँस्कृतिले भ्रष्टाचार सँस्थागत हुँदै गईरहेको उनले बताए ।

डेढ घण्टा लामो प्रबचन दिएका प्रसाईंले बिभिन्न कविता बाचन गर्नुका साथै क्यारिकेचर समेत गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले युवाहरुको व्यक्तित्व बिकासका लागि ईन्सपाईरिंग युथ कार्यक्रम प्रभावकारी भएको बताए ।

कार्यक्रममा बर्ष भरि उत्प्रेरणात्मक प्रबचन दिने उत्प्रेरक बक्ताहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, बिद्यार्थी, व्यवसायी लगाएत सर्बसाधारणको उपस्थिती रहेको थियो ।

युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालित ईन्स्पाईरिङ्ग युथ  कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच Debate , दोश्रो हप्ता फरक, फरक क्षेत्रका Motivator द्धारा Motivational Speech तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौथो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्य समेत गर्ने गरिएको छ ।

२०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म ५००० बढिले सहभागिता जनाईसकेका छन् । नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन, युवा उत्प्रेरक रोहित मल्ल, द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ ।

बिभिन्न व्यक्तिहरुलाई सम्मान :
राष्ट्र, राष्ट्रियताको वकालत गर्नुका साथै युवाहरुलाई उत्प्रेरणा प्रदान गर्ने कार्यमा निरन्तर सक्रिय रमेश प्रसाईंलाई आज बासले सम्मान गरेको छ । कार्यक्रमका बिशिष्ठ अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले प्रसाईंलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरेका थिए । यसै गरि ईन्सपाईरिंग युथ कार्यक्रमका संयोजक रबिन्द्र बोहरालाई कार्यक्रम प्रभावकारी बनाउन अहम् भूमिका निर्वाह गरेकोमा सम्मान गरिएको थियो । युवा उत्प्रेरक रमेश प्रसाईं र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले बोहरालाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यसैगरी बासका उत्कृष्ठ स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा स्वयंसेवकहरु मिनु गुप्ता, जनक थापा, गिता खड्का, सुसिला थारु, रामु कँडेल, टोपेन्द्र शाही, सम्झना बिष्ट, आशिष गुप्ता, सुरज गुप्ता, माया चौधरी रहेका छन् । यसैगरी हालै सम्पन्न भएको उद्घोषण तालिमका सहभागि र ईन्सपाईरिँग युथको बिगतका श्रृँखलाहरुमा सम्पन्न प्रतियोगिताका बिजयीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

 

  • ३२ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech