गैसस महासँघ नेपाल बाँकेको अध्यक्षमा शाह सर्बसम्मत

असल शासन प्रतिनिधि

बाँके/बासका कार्यकारी निर्देशक नमस्कार शाह गैर सरकारी सँस्था महासँघ नेपाल बाँके शाखाको अध्यक्षमा सर्बसम्मत चयन भएका छन् ।

असार १४ गते सम्पन्न गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको २० औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट शाह अध्यक्ष पदमा सर्बसम्मत चयन भएका हुन् ।

सम्पूर्ण पदाधिकारी सर्बसम्मत भएको महासँघको उपाध्यक्षमा चन्द्र प्रसाद तिमिल्सिना, सचिवमा बाँके युनेस्को क्लबका आशिष बर्मा, सहसचिवमा सामुदायका लागि सञ्चार अभियानकी सावित्री गिरी र कोषाध्यक्षमा नेपालगञ्ज सुस्तमनस्थित अभिभावक सँघकी दिपा कुमारी थापा चयन भएका छन् भने सदस्यहरुमा सभ्य समाज नेपालका सुर्यलाल यादव, समाज सुधार कार्यक्रमका शंकर प्रसाद शर्मा, साहरा हाउसका अभिराज क्षेत्री, नुड्सका लोग बहादुर परियार, पश्चिम तारा नेपालकी परिना चौधरी, डेक नेपालका देवीदत्त आर्चाय, फातिमा फाउण्डेसनकी मैमुना सद्धिकी, ईन्प्रोककी विष्णुसिंह ठकुरी, द्वन्द्व पीडित एकल महिला सञ्जालकी जयन्ती खत्री र स्याक नेपालकी अर्मिला कुमारी रोकाय निर्विरोध निर्वाचित भएका छन् ।

महासँघको बिद्यान बमोजिम १५ जना सदस्यहरु निर्वाचित भईसकेपश्चात पदाधिकारी चयन गर्ने गरिन्छ । सोही बमोजिम भएको निर्वाचन प्रकृयामा सदस्यका धेरै आँकाक्षिहरु मध्ये केहीले फिर्ता लिए पश्चात १५ जना सदस्य निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत केशव कोईरालाले गरेका थिए । बिद्यान बमोजिम निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ भने १ जना सदस्य कार्य समितिले मनोनित गर्ने प्रावधान रहेको छ ।

अधिबेशनको उद्घाटन गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले गरेका थिए । उद्घाटन गर्दै सुबेदीले नागरिक समाजको प्रतिनिधित्व गर्ने महासँघले नीतिगत सुधारका साथै गैससहरुको क्षमता अभिबृद्धिका लागि काम गरिरहेको बताएका
थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा, उपप्रमुख उमा थापा मगरले महासँघसँग सामाजिक कार्य र गैससहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव दिनेश चौधरी, केन्द्रीय सचिव शोवाराम डाँगी, केन्द्रीय सदस्य नेत्रकला शाही, महासँघका प्रदेश नम्वर ५ का अध्यक्ष धर्मलाल रोकाय, बाँके शाखाका पूर्ब अध्यक्षहरु तेज विक्रम शाह, पूर्णलाल चुके, प्रभात कुमार ठकुरी, प्रमोद रिजाल, राष्ट्रिय अपाँग महासँघ नेपालका केन्द्रीय सचिव भावुकजँग थापा, प्रदेश नम्वर ५ का अध्यक्ष देबिदत्त आचार्य, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, सुस्त मनस्थित अभिभावक सँघका केन्द्रीय कोषाध्यक्ष गोकर्ण आचार्य, गैर सरकारी सँस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना लगाएतले बोलेका थिए ।

सहसचिव सावित्रि गिरीले सञ्चालन गरेको कार्यक्रममा सचिव नमस्कार शाहले प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए भने सहसचिव सावित्रि गिरीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता महासँघकी अध्यक्ष सपना भट्राईले गरेकि थिईन् ।

  • १५ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech