नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण

असल शासन प्रतिनिधि

बाँके/गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको २० औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।

महासँघको आयोजनामा असार १७ गते नेपालगञ्जमा पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरिएको हो ।

पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए । उनले गैससहरुको क्षमता अभिबृद्धि र सामाजिक मुद्धामा गैसस महासँघसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव दिनेश चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश नम्वर ५ कि ईञ्चार्ज नेत्रकला शाही, महासँघका पूर्ब अध्यक्षहरु तेज विक्रम शाह, पूर्णलाल चुके, प्रभात कुमार ठकुरी, सुस्त मनस्थित अभिभावक सँघका केन्द्रीय कोषाध्यक्ष गोकर्ण आचार्य, निर्वाचन अधिकृत केशव कोईराला, नेपालगञ्ज उद्योग बाणिज्य सँघका उपमहासचिव तारा रोकायले शुभकामना मन्तव्य दिएका थिए ।

सचिव आशिष बर्माले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष नमस्कार शाहले महासँघको भावि रणनीति बारे बोलेका थिए ।

  • १८ असार २०७६, बुधबार प्रकाशित

  • Nabintech