गैसस महासँघको सल्लाहकार समिति गठन, पदाधिकारीहरुलाई तोकियो जिम्मेवारी

असल शासन प्रतिनिधि

बाँके/गैर सरकारी सँस्था महासँघ नेपाल बाँके शाखाको दोश्रो बैठक बिभिन्न निर्णयहरु गर्दै साउन ९ गते सम्पन्न भएको छ ।

बैठकले १५ सदस्सिय सल्लाहाकार समिति गठन गरेको छ ।

जसमा गैसस महासँघ नेपालका पूर्ब बरिष्ठ उपाध्यक्ष गोपाल नाथ योगी, पूर्ब जिल्ला शाखा अध्यक्षहरु किरण कोईराला, पूर्णलाल चुके,

तेजबिक्रम शाह, धर्मलाल रोकाय, प्रभात कुमार ठकुरी, प्रमोद रिजाल, अगुवा गैससकर्मी स्याकका अध्यक्ष शिबलाल पाण्डे, रेरीका अध्यक्ष
पुनित बिक्रम शाह, बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेज अलि सिद्धिकी, बौद्धिक अपाँग अभिभावक सँघका केन्द्रीय कोषाध्यक्ष गोकर्ण
आचार्य, ईन्सेक नेपालगञ्जका प्रमुख भोला महत, प्राध्यापक रबिन्द्र कर्ण, फातिमा फाउण्डेसनकी अध्यक्ष मोहम्मदी सिद्धिकी रहेका छन् भने 
कानुनी सल्लाहकारमा अधिबक्ता चित्र बहादुर के.सी. रहेका छन् ।

यसैगरी बैठकले महासँघका कार्यहरुलाई स्थानीय स्तर सम्म लैजान, बाँकेका ८ वटै स्थानीय सरकारसँग समन्वय गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

बैठकले उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना संयोजक, सदस्य बिष्णु सिंह ठकुरी सह—संयोजक रहने गरि नेपालगञ्ज उपमहानगरपालिकाको

जिम्मेवारी दिएको छ भने सचिव आशिष बर्मा संयोजक, सदस्य शंकर शर्मा सह—संयोजक रहने गरि नरैनापुर गाउँपालिका, सदस्य निर्मला सुनार संयोजक, सदस्य अभिराज क्षेत्री सह—संयोजक रहने गरि कोहलपुर नगरपालिकाको जिम्मेवारी दिईएको छ यसैगरी कोषाध्यक्ष दिपा

थापा संयोजक, सदस्य लोक बहादुर परियार सह—संयोजक रहने गरि खजुरा गाउँपालिका, सदस्य जयन्ती खत्री संयोजक, सह—सचिव साबित्री गिरी सह—संयोजक रहने गरि बैजनाथ गाउँपालिका, सदस्य शंकर प्रसाद शर्मा संयोजक, सदस्य अर्मिला रोकाय सदस्य रहने गरि राप्तीसोनारी

गाउँपालिका, सदस्य शुर्यलाल यादव संयोजक, लोक बहादुर परियार सदस्य रहने गरि जानकी गाउँपालिका, सदस्य मैमुना सिद्धिकी संयोजक र सदस्य परिना चौधरी सह—संयोजक रहने गरि डुडुवा गाउँपालिकाको जिम्मेवारी दिईएको छ ।

जिम्मेवारी दिईएका पदाधिकारीहरुले समबन्धित गाउँपालिकाको सम्पर्क व्यक्तिको रुपमा गैससहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र नागरिक सवलिकरणका लागि काम गर्नेछन् ।

बैठकले महासँघको व्यवस्थित कार्यालय तत्काल स्थापना गर्ने गरि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरेको छ भने सचिव आशिष बर्माले पेश गरेको महासँघको बार्षिक कार्ययोजना अनुमोदन गरेको छ । कार्ययोजना अनुसार महासँघले गैससहरुको संस्थागत

बिकास, क्षमता अभिबृद्धि, गैसस आन्तरिक सुशासन प्रबद्र्धन, नागरिक अधिकार तथा सामाजिक सवालहरुमा वकालत लगाएतका क्षेत्रमा

बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेभएको छ ।

बैठक महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • १२ श्रावण २०७६, आईतवार प्रकाशित

  • Nabintech