उद्यमीहरुका लागि नेपालगन्जमा उद्यमशिलता अभिमुखिकरण

असल शासन प्रतिनिधि

असल शासन डट कम, नेपालगन्ज ।

उद्यमीहरुका लागि उद्यमशिलता बिषयक अभिमुखिकरण तालिम भाद्र १९ गते नेपालगन्जमा सम्पन्न भएको छ । युएनडिपी नेपालको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा उद्यमशिलता गरिरहेका उद्यमि महिलाहरुको सहभागिता रहेको तालिम उद्यमशिलता तर्फ उद्यमिहरुलाई उत्प्रेरित गर्ने उद्धेश्यले आयोजना गरिएको हो । अभिमुखिकरणको समापनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका ४ की भृकुटी हमालले अभिमुखिकरण पश्चात गरिरहेको ब्यवसायमा थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन् । तालिमकी अर्की सहभागि नेपालगन्ज २ स्थित लुम्बीनी गारमेन्ट उद्योगकी सञ्चालीका कालिमिया अन्सारीले सरकारले उद्यमी उत्पादनका लागि अनुदानको ब्यवस्था गरेको भएपनि प्रक्रियागत कठिनाईले सो अनुदान प्राप्त गर्न समस्या सिर्जना भईरहेको बताईन् । उनले सरल प्रक्रिया मार्फत उद्यम गर्न चाहने ब्यक्तिलाई अनुदानको ब्यवस्था गर्नुपर्ने बताईन् । यसैगरी नेपालगन्ज १८ की बिष्णु रोकाले उद्यमशिलता ब्यवसाय चुनौतीपूर्ण रहेको भन्दै अभिमुखिकरणले सो चुनौती सामना गर्न सहयोग गर्ने प्रतिक्रिया दिईन् । उद्यमशिलता तालिम यस अघि नलिएको भन्दै अभिमुखिकरणले उद्यम विकासमा टेवा पु¥याउनेमा सहभागिहरुको जोड थियो । अभिमुखिकरणमा उद्यमशिलता र उद्यमी के हो, उद्यमी बन्नका लागि निर्णायक तत्वहरु, उद्यमशिलताको विकास, नेपालमा उद्यमीहरुको अवस्था, सामाजिक उद्यमी, उद्यम विकास, ब्यवसायिक अवसरको पहिचान, सफल उद्यमिमा हुनुपर्ने गुणहरु लगायतका बिषयमा औद्योगिक ब्यवसायिक विकास प्रतिष्ठान नेपालगन्जका प्रबन्धक राज कुमार चौधरी र परामर्शकर्ता अनिल चौधरीले सहजिकरण गरेका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • २० भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech